ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेष घलेका गतिविधि गैरकानूनी : एनआरएनए (पत्र सहित)


एबीसी न्यूज
१४ माघ २०८१, सोमबार   ६ : ५८   बजे

काठमाडौं, १४ माघ। गैरआवासीय नेपाली संघले एकता महाधिवेशनको नाममा पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा भएका गतिविधिहरू गैरकानूनी भएको जनाएको छ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले शुक्रबार संघका राष्ट्रिय समिति (एनसीसी) हरुलाई पत्राचार गर्दै संघको विवादका सम्बन्धमा सर्वोच्च अदालतले दिएको दोस्रो फैसलाको विपरीत हुने कुनै पनि गतिविधि गैरकानूनी हुने बताएका छन्। पत्रमा, “सन् २०२५ जनवरी १९ मा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय पदाधिकारी बैठकको निर्णय अनुसार यस गैरआवासीय नेपाली संघको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन मिति २०८२ माघ ६ र २५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) मा आयोजना हुने” उल्लेख छ।

गैरआवासीय नेपाली संघका एक पूर्वअध्यक्ष कुमार पन्तले घले समूहले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोग गरेको सार्वजनिक अभिव्यक्ति दिएपछि संघले घले समूहका गतिविधिहरूलाई गैरकानूनी भनेको हो।
संघले महाधिवेशनको तयारीका लागि यस संघले तयार गरेको एमआईएस प्रणाली मार्फत सदस्यताका खुल्ला गरिएको जानकारी दिएको छ ।

आधिकारिता सम्बन्धित विषय

आधिकारिता सम्बन्धित विषय

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३ -२०२५ कार्यकाल) को आधिकारिता सम्बन्धित विषय उपर सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन नं. ०८०.WO.११५७ मा सुनुवाई हुँदा सम्मानित सर्वोच्च अदालतबाट रिट निवेदन नं ०७९.WO.१५०७ को मिसिल कागजात र फैसलाको पूर्ण पाठ समेत अवलोकन गरि मिति २०८१. ०४ . २२ मा संघको महाधिवेशनहरु एक अर्काको मातहतका रहने अङ्ग नभई हरेक अन्तर्राष्ट्रिय महाधिवेशन स्वयंमा सार्वभौम र स्वायत्त अङ्ग ठहर भई ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३-२०२५ कार्यकाल -कार्य समिति) को कार्य अवधिसम्म काम गर्न पाउने ठहर भएको स्मरण गराइएको छ ।

संघका पूर्व अध्यक्ष शेष घले समूहले संघको महाधिवेशन आयोजना गर्ने जनाई विभिन्न पत्राचार/ईमेल एनसीसीहरुमा भई रहेको जानकारी हुन आएको हुँदा उक्त पत्राचार र ईमेल संघ सम्बन्धित नभएको र त्यस्तो पत्राचारमा संघको सरोकार नरहेको हुँदा भ्रम / अन्यौलमा नरहि संघको निर्देशनानुसार मात्र कार्य गर्न पत्राचार गरिएको छ ।


परराष्ट्रमन्त्री देउवाको निर्देशन विपरित गतिविधि

यस्तै पत्रमा, ‘माननीय परराष्ट्रमन्त्री आरजू राणा देउवाबाट सन् २०८१ । ०७ । २१ (तदनुसार सन् २०२४ नोभेम्बर ६) मा सम्मानित सर्वोच्च अदालतबाट भएको रिट निवेदन नं. ०७९ । WO । १५०७ र रिट निवेदन नं ०८० । WO । ११५७ का सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयबाट राय लिई अघि बढ्ने सम्म सहमति भएको विषयमा परराष्ट्र मन्त्रालयबाट आवश्यक कार्य हुने नै हुँदा संघको गतिविधि र निरन्तरतालाई खलल पुग्ने गरि कुनै पनि समूहबाट कार्य हुन नसक्ने र त्यस्तो कार्य भएमा संघले स्वामित्व समेत नलिने जानकारी गराउँदछौं’ उल्लेख छ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३ २०२५ कार्यकाल) को पूर्ण कार्यकालको सुनिश्चितता गरि निवेदन नं ०८० । WO । ११५७ मा भएको फैसला विपरित कुनै पनि कार्य भएमा त्यस्ता कार्यहरु स्वतः गैरकानूनी हुने जानकारी गराउँदछौं । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३ । २०२५ कार्यकाल) को निर्देशानुसार मात्र कार्य गर्न अनुरोध गरिएको छ ।

पत्रमा, आगामी मिति २०८२ । ०६ । २५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) मा हुने गरि तय भएको संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई सहयोग र सहकार्य गर्न सम्पूर्ण एनसीसीहरुमा हार्दिक अपिल गर्दछौँ’ उल्लेख छ ।

पत्रमा, ‘सन् २०२५ जनवरी १९ मा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय पदाधिकारी बैठकको निर्णय अनुसार यस गैरआवासीय नेपाली संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन मिति २०८२ / ०६ / २५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) मा आयोजना गर्ने निर्णय गरेको जानकारी गराईको’ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group