काठमाडौं १५ माघ । काठमाण्डौका केही ठाउँमा आजदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज मङ्गलवार गोठाटार जोरपाटी० फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
भोलि बुधवार मातातीर्थ ९कुलेश्वर० फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, पर्सि बिहीवार शङ्खमुल फिडर ९बानेश्वर० अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
आउने शुक्रवार केएमसी र पुरानो एयरपोर्ट फिडर बानेश्वर० अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्