ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारीहरूलाई संरक्षण गरेको छ – एकीकृत समाजवादी


एबीसी न्यूज
१५ माघ २०८१, मंगलबार   १ : ३१   बजे

काठमाडौं १५ माघ । नेकपा एकीकृत समाजवादीले वर्तमान सत्तागठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको दाबी गरेको छ । अन्तरपार्टी निर्देशन अपानि(४० जारी गर्दै एकीकृत समाजवादीले सत्ता गठबन्धन अराजनीतिक साँठगाँठ भएको दोहोर्‍याएको छ ।

अपानिमा भनिएको छ, ‘अहिलेको सत्ता गठबन्धन केवल अराजनीतिक साँठगाँठ हो भन्ने हाम्रो विश्लेषण झनपछि झन पुष्टि हुँदै गएको छ । त्यसका अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको छ ।’

सरकार देश र जनताको हित प्रतिकूल अगाडि बढिरहेको पनि उसको दाबी छ । उदाहरणको रुपमा सरकारले जारी गरेका अध्यादेशहरूलाई देखाइएको छ । ‘वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न सकेको छैन । यो सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढ्दैछ । संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ’ अपानिमा उल्लेख छ ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि एकीकृत समाजवादीको बुझाइ छ । अगाडि भनिएको छ, ‘यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ ।’

 

सरकारले व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने गरी अध्यादेश ल्याएको भनेर पनि विरोध गरिएको छ ।

‘देशमा महंगी अकासिएको छ तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको छ । यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमिन प्लटिङ गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ’ अपानिमा भनिएको छ ।

सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको टिप्पणी पनि छ । सरकारका समग्र गतिविधिले आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको उल्लेख गरिएको छ ।

‘हाम्रो समेत पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका उपर्युक्त गलत क्रियाकलापका विरुद्ध उभिएका छन् र बैठक बसी छलफल गरेर संयुक्त वक्तव्यमार्फत साझा धारणा सार्वजनिक गरेका छन् ।’

यही ४ माघमा नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बसेको विपक्षी दलहरूले संसद्मा विभिन्न विषयमा सहकार्य गर्ने गरी संयुक्त वक्तव्य जारी गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group