ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लवलाई प्रचण्डको जवाफ– छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ, नगरौँ भन्नेवाला होइन


एबीसी न्यूज
१५ माघ २०८१, मंगलबार   ६ : ३५   बजे

काठमाडौं १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू समाजवादी मोर्चामा रहेका पार्टीहरुसँग छिटो एकताको पक्षधर रहेको बताएका छन्।

मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा सम्बोधन गर्दै उनले यसमा प्रष्ट हुन आग्रह गरे।

‘कहिलेकाहीँ कामरेडहरुले मलाई तोकर प्रचण्डले नै अरुची गर्‍यो कि क्या हो एकतामा भन्ने गर्नुभाछ,’ प्रचण्डले भने, ‘त्यो सत्य होइन। बरु म छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ, नगरौँ भन्नेवाला होइन। यो कुरा प्रष्ट होस् कमरेडहरूलाई।’

मोर्चामा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरु पार्टी एकतामा प्रचण्डले नै अरुची देखाएको आरोप लगाएका थिए।

यद्यपि, प्रचण्डले पार्टी एकताको नाममा हतार भने गर्न नहुने र एकताअघि विचार र संगठनमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘अहिले हामीले समाजवादी मोर्चालाई नै सुदृढ गर्दै लैजाने, छलफल गर्दै लैजाने र सकेसम्म छिटो ९फेरि ढिलो गर्ने भन्ने होइन है माधवजी० विचारमा एकरुपता पनि कायम गर्ने, राजनीतिक मुद्दाहरुमा पनि समझदारी कायम गर्ने र संगठनात्मक सिद्दान्तमा पनि एकरुपता कायम गर्नेगरि हाम्रो ध्यान गइराख्नुपर्छ।’

विगतमा हातार गरेर नेकपा गठन गर्दा निराशा मात्रै हात लागेको प्रचण्डको भनाइ छ। उनले भने, ‘माधवजीले भनेको जस्तै विचारमा सीमासम्म एकरुपता नहुँदै हतारोमा एकता गरियो भने के हुन्छ भन्ने कुराको अनुभव पनि हामीलाई राम्रै प्राप्त भएको छ।’

प्रचण्डले थपे, ‘नेकपा गठन त हामीले गरेकै हो। तर, पर्याप्त तयारी नहुँदा परिणाम झन नराम्रो निस्कियो। झन निराश बनायो कम्युनिष्टहरुलाई, जनताहरूलाई।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group