काठमाडौं १६ माघ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन्।
उनले ६०१ मत ल्याएर महासचिव पदमा विजयी भएका हुन्। थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन्। यो समूह नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छ।
यसअघि ११ जना सचिव र कोषाध्यक्ष पदको छिनोफानो भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्