काठमाडौं १६ माघ। समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा गर्ने भएको छ ।
बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारका जनविरोधी क्रिायाकलाप विरुद्ध विरोध सभा गर्ने निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
‘माघ २४ गते काठमाडौंमा एउटा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको छ,’ उनले भने ।
मोर्चाले चैतको पहिलो हप्तासम्ममा मधेशमा जनसभा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
आजको बैठकमा हिजो काठमाडौंमा आयोजना गरिएको समाजवादी मोर्चाको सभाबारे पनि समीक्षा भएको उनले बताए ।
मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेसपा लगायतका दल र व्यत्विहरु सहभागी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्