ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्रुतमार्गबाट प्रतिस्थापन विधेयक पारित गर्ने सत्तापक्षको तयारी


एबीसी न्यूज
१७ माघ २०८१, बिहिबार   ११ : ५७   बजे

काठमाडौं १७ माघ । सरकारले ल्याएका ६ वटा अध्यादेशका विषयमा सत्ता र प्रतिपक्ष आसन्न संसद् बैठकमा आमनेसामने हुने भएका छन् । अध्यादेशको प्रतिरक्षाका लागि सत्तापक्ष र विरोधमा प्रतिपक्षी दलले योजनाबद्ध तयारी गरिरहेका छन् । सरकारले भने प्रतिपक्षी दलहरूबाट अध्यादेशको विरोध लामो समय हुने अनुमानसाथ प्रतिस्थापन विधेयकलाई द्रुतमार्गबाट टुंग्याउने योजना बनाएको छ ।

संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार सुरु हुँदै छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशको प्रतिरक्षा गर्न आफ्ना सांसदलाई निर्देशनात्मक उर्दी नै जारी गरेका छन् । संसद्को पहिलो बैठकको एजेन्डा तय गर्न सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको कार्यव्यवस्था समितिको बैठकमा नै अध्यादेशसम्बन्धी विषयले सत्ता र प्रतिपक्षका प्रमुख सचेतक बीचमै चर्काचर्की परेको थियो ।

बैठकमा सत्तापक्षका प्रमुख सचेतकले अध्यादेशको बचाउ गर्दा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरेका थिए । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले ‘सरकार ढल्न लागेको हो र अध्यादेश ल्याएको रु’ भन्दै सत्तापक्षलाई प्रश्न गरेका थिए । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल सत्ताबाट हट्नुपर्दाको झट्का अझै नमेटिएकाले अध्यादेशलाई समेत राजनीतिक अस्त्र बनाउन खोजिएको टिप्पणी गरेका थिए ।

सरकारले संसद्को हिउँदे अधिवेशन धकलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गर्न मोर्चाबन्दी कसिरहेका छन् । उता आइतबार र सोमबार चलेको कांग्रेस संसदीय दलको बैठक अध्यादेशको प्रतिरक्षा गर्ने विषयमै केन्द्रित थियो । एमालेको मंगलबार भएको संसदीय दलको बैठकको प्रमुख एजेन्डा पनि अध्यादेश नै थियो ।

अध्यादेशलाई मुद्दा बनाएर विपक्षी दलले विरोध गर्दा संसद् अधिवेशन प्रभावित हुने सक्ने भएकाले चाँडै अध्यादेश पारित गर्ने प्रक्रियामा जान लागिएको सरकारका एक मन्त्रीले बताए । ‘चाँडै पारित गरेनौं भने यसैलाई लिएर विपक्षीहरूले संसद्मा होहल्ला मच्चाउन सक्छन् । संसद्को कामकारबाही प्रभावित हुन सक्छ । एकरडेढ साताभित्रै यसलाई पारित गरेर टुंग्याउनुपर्छ भन्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भने ।

मंगलबारको एमाले संसदीय दल बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश संसद्बाट चाँडै पारित हुने बताएका थिए । ‘संसद्अधिवेशन प्रारम्भ भएको पहिलो दिन नै अध्यादेश प्रस्तुत गर्नेछौं र प्रतिस्थापन विधेयकहरू पनि तुरुन्तै ल्याउनेछौं,’ ओलीले भनेका थिए, ‘अध्यादेशमा कहींकतै कमजोरी भए संशोधन प्रस्तावमार्फत परिमार्जित ढंगले संसद्बाट अनुमोदन गराएर अघि बढ्नेछौं । आम रूपमा अध्यादेश सही छन् ।’

सरकारकै प्रमुख घटक कांग्रेसभित्र भने अध्यादेशका विषयमा मतान्तर छ । कांग्रेस सभापति देउवा र महामन्त्री गगन थापासहित संस्थापन पक्षका सांसद अध्यादेशको पक्षमा उत्रिएका छन् । नेता शेखर कोइराला र उनीपक्षीय सांसदले भने यसको विरोध गर्दै आएका छन् । विराटनगरमा रहेका कोइरालाले सार्वजनिक कार्यक्रमबाटै अध्यादेशको विरोध गर्दै आएका छन् । कोइरालानिकट सांसद हृदयराम थानीले सांसदसँग एक पटक पनि छलफल नगरी अध्यादेश ल्याइएकामा आफूहरूको असन्तुष्टि रहेको बताए । कांग्रेसकी अर्की सांसद सरिता प्रसाईंले अध्यादेशको विरोधमा सार्वजनिक टिकाटिप्पणी नगर्न निर्देशन दिने कदम नै गलत भएको बताइन् । कोइराला पक्षकै अर्का सांसद राजेन्द्र बजगार्इंले अध्यादेशको आलोचना गर्दा पार्टीले रोक्न नमिल्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group