ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको कार्यालयबाट नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन


एबीसी न्यूज
१९ माघ २०८१, शनिबार   १० : १८   बजे

काठमाडौं १९ माघ । प्रधानमन्त्रीको कार्यालयले नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो । टोलीले निरीक्षणपछि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत राजधानी काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने मुख्य खण्डका रूपमा रहेको यो सडक स्तरोन्नतिका क्रममा नागरिकले सास्ती खेप्दै आएका छन् ।

एक वर्षभित्रमा निर्माण सक्नेगरी तालिका अद्यावधि गरेर काम गर्न आयोजना प्रमुखलाई आवश्यक निर्देशन दिइएको टोलीमा रहेका प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर मोहदेव भट्टले जानकारी दिनुभयो ।

झण्डै ९५ किलोमिटर दूरी रहेको यो खण्ड तीन चरण ९प्याकेज०मा छुट्याएर स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन रहेको छ ।

पहिलो प्याकेजअन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किलोमिटर, दोस्रोमा ४३ दशमलव ५४ र तेस्रोमा ३८ दशमलव ८६ किलोमिटर रहेको आयोजना कार्यालयले जनाएको छ ।

पहिलो प्याकेजको नागढुङ्गा–मुग्लिन खण्ड गएको जेठ २७ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा म्याद नाघेको आठ महिना भइसकेको छ ।

अहिलेसम्म ६५ प्रतिशत काम भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताउनुभयो । यो खण्डको स्तरोन्नतिका लागि एक अर्ब ३० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

दोस्रो प्याकेजअन्तर्गत नौबिसे–मलेखु खण्ड २०८२ जेठ २७ भित्र सम्पन्न गर्नेगरी २०७९ वैशाख १४ गते पाँच अर्ब ३३ करोड १९ लाख रुपैयाँलागतमा ठेक्का सम्झौता भएको हो । यो खण्डअन्तर्गत २८ प्रतिशत मात्र काम भएको छ भने निर्माणको म्याद थप गरी २०८३ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तेस्रो प्याकेज मलेखु–मुग्लिन खण्डको चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा निर्माण गर्नेगरी २०७९ पुस १५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ पुस १५ गतेभित्र सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म २३ प्रतिशत मात्र काम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu