ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा उपचाररत बाजुराका क्यान्सरपीडितलाई सेवा समाजको सहयोग


एबीसी न्यूज
१९ माघ २०८१, शनिबार   १२ : २५   बजे

काठमाडौं १९ माघ । काठमाडौँमा उपचाररत बाजुराका एक क्यान्सरपीडित बिरामीलाई सामाजिक संस्था सेवा समाजले आर्थिक सहयोग गरेको छ।

महाराजगन्जस्थित सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रमा आन्द्राको क्यान्सर उपचार गराइरहेका बाजुराको बडीमालिका नगरपालिका वडा नं ९ का ४८ वर्षीय गोरख थापालाई उक्त समाजले ५० हजार रुपैयाँ सहयोग गरेको हो।

समाजका उपाध्यक्ष अधिवक्ता गोपिकृष्ण थापाको अगुवाइमा सहयोग रकम संकलन गरिएको थियो। जसमा थापासहित १६ जनाले सहयोग गरेका छन्।

सहयोगदाताहरूमा तेजप्रसाद निरौला, गणेश राय यादव, निरज थापा, फुर्पा लामा, शारदा खनाल, सीमा सुवेदी, प्रतिमा कार्की, मौसम कार्की, मोहन अधिकारी, मुना लामा, रेसक्लुस तिमल्सिना, अन्जान लामा, मञ्जु तामङ गुरुङ, राजन अधिकारी, भीमसेन सापकोटा, शेरबहादुर परियारलगायत छन्। थापा भारतको गुजरातमा ज्याला मजदुरी गरिरहेका बेला बिरामी परेका थिए। गत वैशाखमा क्यान्सर पत्ता लागेपछि उपचारका लागि आर्थिक अभाव हुँदा उनलाई नेपाल ल्याइएको थियो।

अहिले उनको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा किमोथेरापी चलिरहेको उनका छोरा नरेन्द्र थापाले जानकारी दिए। बिरामी नेपाल ल्याउन र सुरुवाती जाँचपड्ताल गर्न सँगै पढ्ने साथीहरूले सहयोग गरेको उनको भनाइ छ।

हाल भक्तपुरमा डेरा गरी बस्दै आएको थापा परिवारलाई महँगो औषधी र लामो समयको राजधानी बसाइँका कारण आर्थिक व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ।

बिरामीको उपचारका लागि छोरा नरेन्द्र थापाको प्रभु बैंक, कीर्तिपुर शाखाको खाता नं १७५०२६०७६६२०००१५ मा सहयोग गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group