ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वनजङ्गलका झिजामिजा र पत्करको समयमै व्यवस्थापन गर्न नसके डढेलो बढ्ने चिन्ता


एबीसी न्यूज
१९ माघ २०८१, शनिबार   १२ : ४२   बजे

काठमाडौं १९ माघ । वनजङ्गलभित्र सुकेका झिजामिजा, पत्कर र झाडीलगायत ज्वलनशील पदार्थ जम्मा हुँदै जाँदा सुक्खा मौसममा डढेलोका घटना बढ्न सक्ने चुनौती देखिएको छ । त्यस्ता पदार्थको समयमै व्यवस्थापन र सदुपयोग गर्न नसके डढेलोले भयावह रुप लिन सक्ने विज्ञहरुको चिन्ता छ ।

वन तथा वातावरण मन्त्रालयले हिजो गरेको अन्तरक्रियामा उनीहरुले समयमै वन व्यवस्थापन गरी काठ दाउरा सङ्कलनलाई थप प्रभावकारी बनाउन तथा गाउँ बस्ती किनारका ज्वलनशील पदार्थ व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

निजी क्षेत्रलाई जिम्मेवारी दिएर, बायो बिक्रेट बनाएर, स्थानीय समुदाय र विद्यार्थीलाई परिचालन गरेर भए पनि त्यस्ता ज्वलनशील पदार्थ हटाउन अभियान चलाउनुपर्नेमा विज्ञको जोड छ ।

मन्त्रालयको वन तथा जलाधार महाशाखाका प्रमुख सहसचिव दिपक ज्ञवालीले वनमा सुकेका झिजामिजा, पत्कर र झाडीलगायत ज्वलनशील पदार्थ निजी क्षेत्रलाई जिम्मेवारी दिएर भएपनि औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग गर्न सके केही मात्रामा भए पनि डढेलोको जोखिम हुने बताउनुभयो ।

वन डढेलो विज्ञ सुन्दर शर्माले डढेलो नियन्त्रणका लागि कार्यदल बनाएर कार्ययोजना कार्यान्वयन गर्न सकेमात्र प्रभावकारी हुने सुझाव दिनुभयो ।

नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक तारादेवी थापाले प्रहरीले डढेलो रोकथाम र नियन्त्रण बारेमा समुदायमा जनचेतना जगाउन घरदैलो अभियान गर्ने तयारी गरेको अवगत गराउँँदै यसमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको समेत उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक लक्ष्मणबहादुर बस्नेतले डढेलो रोकथाममा सुरक्षा पहिलो प्राथमिकताको सिद्धान्तअनुसार समुदाय परिचालन नै सबैभन्दा प्रभाकारी हुने उल्लेख गर्दै वनमा ट्र्याक बनाउने, सुकेका झारपात, पतिङगर र काठ हटाउने अभियान चलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोका घटना हुन नदिन वा भएमा तत्काल नियन्त्रण गरी सम्भाव्य क्षति हुन नदिनका लागि आवश्यक सबै कार्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

यसका लागि मन्त्रालय मातहतका सबै निकाय परिचालित हुनुपर्ने उल्लेख गर्दै उहाँले आफूहरुले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी डढेलो नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको जानकारी बताउनुभयो ।

मन्त्रालयका सचिव डा.दीपककुमार खरालले डढेलो नियन्त्रणमा काम गर्न सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित हुने गरी १० दिनभित्र कार्यदल गठन गरिने जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu