ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस नगर सभापति कलौनीको शव परीक्षणका लागि फरेन्सिक विज्ञ मगाइयो


एबीसी न्यूज
१९ माघ २०८१, शनिबार   ६ : ०५   बजे

काठमाडौं १९ माघ । नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमिति सभापति अच्युत कलौनीको शव पोस्टमार्टम गर्नका लागि फरेन्सिक विज्ञ टोली मगाइएको छ।

भेरी अस्पतालबाट फरेन्सिक विज्ञ टोली मगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए। उनका अनुसार घटनास्थलको काम सकेर अहिले कलौनीको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पालमा राखिएको छ।

‘फरेन्सिक टोली पुगेपछि पोस्टमार्टम सुरु हुन्छ,’ डीएसपी जोशीले भने।

शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडकको पेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव फेला परेको थियो। उनको शरीरमा बाहिर देखिने कुनै घाउचोट छैन।

शव नजिकै उनको खाली ‘वालेट’ फेला परेको छ। परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार कलौनीले दुई मोबाइल बोक्थे। तीमध्ये ‘एन्ड्रोइड’ अपरेटिङ सिस्टम भएको मोबाइल फेला परे पनि अर्को सानो मोबाइल नभेटिएको डीएसपी जोशीले बताए।

प्रहरीले उक्त मोबाइल खोजिरहेको छ। कलौनी शुक्रबार राति ९ः३२ मा घटनास्थल नजिकैको सीसीटीभी फुटेजमा एक्लै हिँडिरहेका कैद भएका छन्। प्रहरीले बिहान घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी गणेश चन्द पनि घटनास्थलमा पुगेका थिए।

नेपाल विद्यार्थी संघबाट राजनीति थालेका कलौनी पछिल्लो समय महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए।

घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखक पनि कञ्चनपुर आउँदैछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu