काठमाडौं २० माघ । नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युतराज कलौनीको हत्या भएको हुनसक्ने आशंका पीडित परिवारका सदस्यले गरेका छन्। बुवा जनकराज कलौनीले छोरालाई हत्या गरेर फालेको हुनसक्ने आशंका व्यक्त गरे।
गृहमन्त्री रमेश लेखकसँगको भेटमा उनले भने, ‘घटनाप्रति आशंका छ। अन्तै कतै मारेर यता ल्याएर फालेको हो कि भन्ने शंका छ। नाम तोक्ने त कसको तोक्नेरु राती ३ बजे हिँडेर आएको हरेछ, कसैले बोलाएको हो किरु’
घटनापछि गृहमन्त्री लेखक शनिबार कञ्चनपुर पुगेका छन्। कलौनीको शव फेला परेको स्थानमा रहेका घरमा मान्छे बस्ने गरेका छैनन्। यी सबै विषयमा जानकार हुनेले नै हत्या गरेर फालेको हुन सक्ने पनि उनको आशंका छ।
छोराले प्रयोग गर्ने एउटा मोबाइल पनि नभेटिनुले आशंका उत्पन्न भएको बुवा जनकराजको भनाइ छ। प्रहरीले उक्त मोबाइलको खोजी थालेको छ।
कांग्रेसका युवा नेता कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडकको पेटीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।
सडकपेटीमा घोप्टो अवस्थामा कांग्रेस नगर सभापति कलौनी मृत फेला
उनको शरीरमा बाहिर देखिने कुनै घाउचोट छैन। शव नजिकै उनको खाली ‘वालेट’ फेला परेको छ।
शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। शव परीक्षको लागि भेरी प्रादेशिक अस्पतालबाट फरेन्सिक विज्ञ टोली ल्याइएको छ।
नेपाली कांग्रेस कञ्चनपुरले कलौनीको शंकास्पद मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ।
विज्ञप्ती जारी गरि पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको भन्दै दुःख व्यक्त गरेको छ। कलौनीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म महेन्द्रनगरस्थित पार्टी कार्यालयमा राख्ने तयारी कांग्रेसले गरेको छ।

प्रतिक्रिया दिनुहोस्