ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ जना पक्राउ, ३ अर्ब रुपैयाँभन्दा धेरै ठगी


एबीसी न्यूज
२० माघ २०८१, आइतबार   ४ : २५   बजे

काठमाडौं २० माघ । नेपालमा गैरकानूनी रहेको क्रिप्टोकरेन्सी अर्थात् अभौतिक मुद्राको सङ्गठित रूपमा कारोबार तथा अनलाइन स्क्याममा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डङ्गौरा, बर्दगोरिया–६ घर भएका २६ वर्षीय अनिल विश्वकर्मा, बूढानीलकण्ठ–८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ तेजविनायक चोक बस्ने १९ वर्षीय आश्विन चौलागाईं छन् । यस्तै रौतहटको गौर नगरपालिका–९ घर भई काठमाण्डौको बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, भारतको बिहार घर भई काठमाण्डौ बस्ने २७ वर्षीय रेशन कुमार र ३६ वर्षीय मुन्ना कुमारलाई पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नगद पाँच लाख ५० हजार रुपैयाँ, कम्प्युटर दुई थान, मोबाइल १३ थान र विभिन्न बैंकको चेक १९ थान बरामद गरेको छ । उनीहरूले विभिन्न व्यक्तिहरूलाई सङ्गठित रूपमा परिचालन गरी ठगी तथा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको, विभिन्न बैंक तथा डिजिटल वालेटका प्रयोगकर्ताहरूलाई झुक्याएर आधिकारिक व्यक्ति भएको भन्दै ओटीपी र पिन मागेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

यसैगरी उनीहरूले ठगी गरेको रकम विभिन्न व्यक्तिहरूको बैंक तथा डिजिटल वालेटमा ट्रान्सफर गर्ने गरेको पाइएको छ । उनीहरूले विभिन्न माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी उनीहरूको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटमा खाता खोल्न लगाई त्यो खाता आफूले प्रयोग गर्ने र प्रयोग गरेबापत निश्चित रकम दिने गरेको र यस्ता खातामा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने तथा हुन्डी कारोबार गर्नसमेत प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । अहिलेसम्म उनीहरूले तीन अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu