ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशलाई स्थापित गर्न प्रदेशवासी कै भूमिका चाहिन्छः सभामुख घर्ती


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   ८ : ०८   बजे

दाङ, २१ माघ। लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय शासकीय संरचनामा प्रदेशलाई सफल र संमृद्ध वनाउने भूमिका प्रदेशवासीको नै रहेको बताएका छन् । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आज शुभकामना ब्यक्त गर्दै सभामुख घर्ती मगरले संघीयतामा तीन तहको संरचना मध्ये प्रदेश संरचना संघीय शासन व्यवस्थाको महत्वूर्ण स्वायत्त संस्था भएको बताउदै यसको सफल र संमृद्धिको लागी प्रदेशवासीको महत्वपूर्ण भूमिका बताएका हुन ।
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशबासी सम्पुर्ण आमा बुवा, दाजु बहिनी, दाजु भाइ, माननीय सदस्य ज्यूहरु, संस्थापक प्रदेश सभा सदस्य ज्यूहरु, सम्पुर्ण जनसमुदाय, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, विभिन्न संघ–संस्थाका अगुवाहरु र नागरिक समाज सबैमा शुभकामना व्यक्त गर्नु भएको हो । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको माघ २१ लाई प्रदेश स्थापना दिवस मनाउने निर्णय अनुसार यो दिवस मनाउँदै आएको छ ।
प्रदेश सभा र सरकारलाई जनमुखी, जिम्मेवार, प्रभावकारी र मर्यादित बनाई वास्तवमै संघीयताको अनुभूति हुने गरी काम गर्न प्रयत्नशील रहेको जनाउनुहुदै उहांले तर एक्लो प्रयासले सबै कुरा सम्भव हुन नसक्ने शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ । “संघीयता कार्यान्वयको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तह बीच एक आपसमा समझदारी र सहकार्य जरुरी छ । साझा अधिकारको सम्वन्धमा अझै स्पष्टता र कानुन निर्माणमा संघीय सरकारले सहजीकरण गर्न आवश्यक देखिन्छ ।” शुभकामना सन्देशमा उल्लेख छ ।
“नेपालको संविधान –२०७२ ले संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय संरचना सुनिश्चितता गरेको छ । यो संघीय शासन प्रणालीमा नयां र नौलो संरचना हो । त्यसकारण प्रदेश संरचना संघीयताको मुल मर्मसंग औपचारिकता मात्र नभई वास्तविक मुलभूत तत्व हो ।” उहांले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ–“ प्रदेश प्रति जनताको आशा र भरोसा बढाउंदै संघीयताको मुल मर्म र भावनालाई परिपुर्ति गर्न यो दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने छ ।”
भौतिक संरचनाका अभावका बीच स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)मा सेवा प्रारम्भ गरेको र शुन्य संरचनाबाट शुरु भएको लुम्बिनी प्रदेश सभा र सरकारले तिव्र गतिका साथ काम थालेको जनाउनुहुदै उहांले लुम्बिनी प्रदेशलाई प्रदेशवासी सबैको दिल दिमागमा प्रदेशबाट सरल र सहज सेवा प्रवाहको पद्धतीलाई स्थापित गर्न सकेको खण्डमा मात्र यसले सार्थकता पाउने सन्देशमा उल्लेख गर्नु भएको छ ।
जनताले प्रदेशलाई नजिकबाट वुझ्ने देख्ने र अनुभूति गर्ने गरी नीति कार्यक्रम तय गरी कार्यान्वयन भएको र प्रदेश सभाले प्रदेश संचालनको लागि अत्यावश्यक कानुन निर्माण गरी सरकारद्धारा कार्यान्वयनमा आईरहेका सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
“जनताको चाहना र आवश्यकता अनुसार प्रदेश सभाले कानुन निर्माण मात्र गरिरहेको छैन यसको प्रभावकारी कार्यान्वयनको अवस्थाको विषयमा अध्ययन गरी सरकारको काम कार्वाहीमा पारदर्शिताको लागि जोड दिदै आएको छ ।” सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ –“ शुन्य संरचनाबाट शुरु भएको प्रदेश संरचनालाई यहांसम्म ल्याई पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्वन्धीत सबैलाई प्रदेश स्थापना दिवसको अवसरमा म विशेष धन्यवाद सहित आभार व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group