ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रान्तिकारीबाट बाहिरिएका पदाधिकारीलाई पार्टीको बैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   १ : १८   बजे

काठमाडौं २१ माघ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीबाट हालै बाहिरिएका नेताहरुलाई पार्टीमा जिम्मेवारी दिन सिफारिस भएको छ।

माओवादीका उपमहासचिव शक्ति बस्नेत, विद्यार्थीका फ्याक्सन इन्चार्ज हिमाल शार्मा, क्रान्तिकारीकी निर्वतमान अध्यक्ष पञ्चा सिंह रहेको कार्यदलले सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी बाँडफाँटबारेको प्रतिवेदन हस्तान्तरण गरेको हो।

कार्यदल सदस्य शर्माले महासचिवसम्मका पदाधिकारीलाई पार्टीको बैकल्पिक र अन्यलाई प्रदेश तहको जिम्मेवारी दिनुपर्ने सिफारिस आफूहरुले गरेको जानकारी दिए।

‘महासचिवसम्मका पदाधिकारीलाई पार्टीको बैकल्पिक केन्द्रीय सदस्य र अन्यलाई प्रदेशका तहको जिम्मेवारी दिनुउपयुक्त हुन्छ भन्ने सिफारिस हामीले गरेका छौँ तर, कार्यविभाजन गर्दा चाहिँ उहाँहरुको रुची र पार्टीको आवश्यता अनुसार गर्ने भनेका छौँ।’

अनेरास्ववियूमा ३२ वर्षको उमेर हद लागू भएका कारण महासचिवसम्मका अधिकांश पदाधिकारी एकैपटक संगठनबाट बाहिरिन पुगेका थिए। उनीहरूलाई उचित जिम्मेवारी दिनुपर्ने भन्दै माओवादीले केन्द्रीय समिति बैठकबाट त्यसबारे सिफारिस गर्न कार्यदल बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group