ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गएको चुनावमा अन्तर्घातले कांग्रेसले सिट गुमायो -उपसभापति खड्का


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   २ : ५१   बजे

काठमाडौं २१ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर बहुमत ल्याउन पार्टीकै अन्तर्घातले रोक्ने बताएका छन्। पोखरामा सुरु भएको प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा आयोजिन अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले चिन्ता व्यक्त गरेका हुन्।

अन्तर्घात कांग्रेसको महारोग भयो। यसलाई कसरी अन्त्य गर्नेरु यो रोग समाधान भयो भने कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउँछ, उनले भने,गत चुनावमा हाम्ले अरुसँग गठबन्धन गरे पनि ४० सिट हाम्रै अन्तर्घातले हारेको छ प्रदेशमा, ३० वटा संघका हारेका छौँ। यसलाई संकल्प गरौँ। जनताको गुनासो, मतदाताको गुनासो र पार्टी बचाएर बसेकाको गुनासो सुनौँ।

उनले पार्टीमा पदीय हैसियत फरक भए पनि सबैको स्वाभिमान समान भएको बताए।

हाम्रो समानता, स्वाभिमान, इज्जत एउटै हो। पदीय हैसियतमात्रै फरक हो, उनले भने, अहिलेको अवस्थामा एकताबद्ध हुँदै विवादलाई कोठामा, बैठकमा छलफल गर्नुपर्छ र मञ्चमा कांग्रेसका नेताहरूले दोहोरी बन्द गर्नुपर्छ।

उनले अहिलेदेखि नै चुनावको तयारी गरी अभियानमा लाग्न सबैलाई निर्देशन पनि दिए।

मुलुकमा कांग्रेसको ०८१ को अभियान चलाऔं, ०८२ को अभियान चलाऔं, ०८३ को अभियान चला‍औंँ, तीन वर्षको अभियानपछि ०८४ को आम अभियानमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन, उनले थपे, रोक्यो भने कांग्रेसको वर्षौँपूर्ण अपराधपूर्ण अन्तर्घातले रोक्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group