ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन गर्न पाउने गरी विधेयक दर्ता


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   ३ : १५   बजे

काठमाडौं २१ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने गरी सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराएको छ । अहिले प्राधिकरणले सेवा प्रदायक र नियामक दुवैको रूपमा काम गर्दा स्वार्थ बाझिएको र हवाई सुरक्षामा प्रश्न उठेको भन्दै सरकारले प्राधिकरण टुक्राउने गरी संसद्मा विधेयक दर्ता गरेको हो ।

विधेयक जारी भएपछि अहिलेको नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियामक गरी दुई वटा निकाय हुनेछ । युरोपेली युनियन ९ईयू० ले नेपाली जहाजलाई सुरक्षा सूचीमा राखेर युरोपभर उडान प्रतिबन्ध लगाउनुको एउटा कारण नागरिक उड्डयन प्राधिकरणको संरचना पनि रहेको थियो । अब ईयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने सम्भावना पनि बढेको छ ।

नयाँ विधेयकमा सरकारको स्वीकृति लिएर निजी क्षेत्रले पनि आवश्यकता अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालन गर्न सक्ने व्यवस्था छ । विधेयकमा निजी क्षेत्रलाई विमानस्थल भाडामा दिनेदेखि व्यक्तिगत रूपमा जहाज दर्ता गर्न पाइनेसम्मको प्रस्ताव उल्लेख छ । विधेयकले सरकारको स्वीकृतिमा कुनै सरकारी वा गैरसरकारी निकाय वा प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई करार सम्झौता गरी विमानस्थलको सञ्चालन तथा व्यवस्थापन गर्न दिन सक्ने व्यवस्था गरेको छ ।

विधेयक अनुसार विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापन नेपाल हवाई सेवा प्राधिकरण मार्फत हुनेछ । यस्तै विमानस्थल वा क्षेत्रभित्र अग्नि निवारण तथा उद्धार सेवा उपलब्ध गराउने, ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्नेरगराउने, दृष्टिगत र यान्त्रिक उडान विधि निर्धारण गर्ने जिम्मेवारी पनि हवाई सेवा प्राधिकरणलाई दिइने उल्लेख छ । तर विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भने छुट्टै सेवा प्रदायकले पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu