ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयात र उद्योगधन्दामा बढ्न थाल्यो कर्जा प्रवाह, लक्ष्य अझै टाढा


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   ४ : १३   बजे

काठमाडौं २१ माघ । कर्जा लगानी गर्न नसकेको गुनासो बैंकरले गरिरहँदा कर्जा प्रवाहको अवस्था सुधारोन्मुख रहेको तथ्यांकले देखाएको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणले बैंक तथा वित्तीय क्षेत्रबाट जाने कर्जा प्रवाहको अवस्था गत वर्षको तुलनामा बलियो बन्दै गएको देखाएको हो।

यो अवधिमा कुल २ खर्ब ६७ अर्ब बराबरको ऋण प्रवाह भएको हो।

गत वर्ष पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५० खर्ब ८३ अर्ब बराबरको कर्जा प्रवाह गरेका थिए। चालू आवको सोही अवधिमा बैंकहरुको कर्जा लगानीको हिस्सा बढेर ५४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको हो।

गत असारसम्म भने यस्तो कर्जा ५१ खर्ब ६७ अर्ब प्रवाह भएको थियो । तुलनात्मक रुपमा चालू आवको ६ महिनामा बैंकहरुको कर्जा लगानी ५।२ प्रतिशतले बढेको छ। गत वर्ष सोही अवधिमा बैंकहरुको कर्जा लगानी वृद्धिदर ४।२ प्रतिशत थियो।

चालू आवमा सरकारले १२ प्रतिशतको कर्जा वृद्धिको अपेक्षा राखेको छ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट जाने कर्जामध्ये सबैभन्दा धेरै आयात क्षेत्रमा गएको छ। सरकारले चालू आर्थिक वर्षबाटै आयातलाई खुकुलो बनाउँदै लगेपछि त्यसको प्रभाव आयाततर्फ जाने कर्जामा देखिएको हो।

पछिल्लो ६ महिनामा आयातसँगै निर्यात पनि बढ्न थालेपछि यो क्षेत्रमा सुस्तै गतिमा भए पनि कर्जाको माग बढ्न थालेको देखिन्छ।

पुस मसान्तसम्म यो क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी १ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ५६ प्रतिशतले बढी हो।

यस्तै चालू आवमा औद्योगिक क्षेत्रमा जाने कर्जाको हिस्सा पनि उल्लेख्य बढेको छ। माग तथा चालू पुँजी कर्जा शीर्षकमा चालू आवको ६ महिनामा ८९ अर्ब कर्जा प्रवाह भएको छ। जुन १२।३ प्रतिशतले बढेको हो। बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी यस क्षेत्रमा ८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ।

यता सेयर खरिदका लागि जाने कर्जा प्रवाहको अवस्था पनि गत वर्षभन्दा यो वर्ष सुधारोन्मुख देखिएको छ। चालू आवको दोस्रो त्रैमासिकसम्म यस्तो कर्जा २६।३ प्रतिशतले बढेको छ।

गत आवको पुसमा लगानीकर्ताले ९० अर्बबराबरको मार्जिन ऋण लिएकामा चालू आवमा २३ अर्ब बढी पुगेको छ। समग्रमा पुस मसान्तसम्म आइपुग्दा मार्जिन ऋणतर्फ बैंक तथा वित्तीय क्षेत्रको लगानी २६।३ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब पुगेको छ।

यो बीचमा १० करोडमाथिको ऋण लिनेको ३४।९ प्रतिशतले बढेको छ।

योबाहेकका क्षेत्रहरु बिल्स पर्चेजतर्फ ६।७ प्रतिशतले कर्जा बढ्दा आवधिक कर्जा ९टर्म लोन० ३।१ प्रतिशत, क्यास क्रेडिट लोन ४।७ प्रतिशत, व्यक्तिगत घरकर्जा ३।९ प्रतिशत र घरजग्गामा २।१ प्रतिशतले कर्जा प्रवाह बढेको छ।

योबाहेक सवारीसाधन खरिद कर्जा प्रवाह ३।८ प्रतिशतले बढ्दा ओभरड्राफ्ट कर्जा प्रवाह भने ९।८ प्रतिशतले घट्न पुगेको छ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा १२।५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको छ।

गत वर्ष ११।५ प्रतिशको कर्जा वृद्धिको अपेक्षा राखेकोमा निजी क्षेत्रमा जाने कर्जा ६ प्रतिशतले मात्रै वृद्धि भएको थियो। चालू आवमा ६ महिनामै यस्तो वृद्धिदर ५ प्रतिशत माथि पुगेको हो।

सरकारले चालू आवको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको थियो। सोही वृद्धिलाई सहयोग पुर्‍याउने गरी राष्ट्र बैंकले कर्जा प्रवाहको लक्ष्य गत वर्षभन्दा बढाएर १२।५ प्रतिशत राखेको थियो।

अर्थतन्त्रमा सुस्तताका बीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा प्रवाहमा सहजता ल्याउन नीतिगत व्यवस्था गर्दै आएको छ भने ब्याजदर पनि घटेर सीमामा आइपुगेको छ।

कर्जा असुलीमा समस्याका कारण पुँजीकोषमा दबाब पर्दा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाहलाई बढाउन सकेका थिएनन् भने माग नबढ्दा कर्जा लिन आउने ग्राहक पनि अपेक्षित थिएनन्।

चालू आवको दोस्रो त्रैमासिकमा भने कर्जा प्रवाहको अवस्था आशलाग्दो देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group