ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सरबारे जनचेतना जगाउन वाकाथन


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   ५ : ५१   बजे

ललितपुर, २१ माघ । विश्व क्यान्सर दिवस २०२५ को अवसरमा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले वाकाथन सम्पन्न गरेको छ । शनिबार क्यान्सर सम्बन्धि जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।

उक्त वाकाथन कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीय वासिन्दाहरू समेत गरी १०० भन्दा बढी सहभागी भएका थिए। वाकाथन नेपाल क्यान्सर अस्पतालबाट सुरु भई हरिसिद्धि माध्यमिक विद्यालय, नयाँ वस्ती, हरिसिद्धि, बसपार्क, गुमोज चोक, धुसाल धारा पानी ट्यांकी हुँदै पुनः नेपाल क्यान्सर अस्पतालमै आएर सम्पन्न भएको थियो। कार्यक्रमले सर्वसाधारणहरूमा क्यान्सर रोगको रोकथाम, समयमै पहिचान तथा उपचारको आवश्यकताको सन्देश प्रवाह गरेको विश्वास अस्पतालको छ ।

चिकित्सकहरूका अनुसार जीवनशैलीमा सानो सुधार तथा नियमित स्वास्थ्य परीक्षणद्वारा क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ। नेपाल क्यान्सर अस्पताल निरन्तर रूपमा यस्ता स्वास्थ्य जागरूकता अभियानहरू सञ्चालन गर्दै आएको छ। अस्पताल प्रशासनका अनुसार आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना बनाइएको छ। २२ माघमा अर्थात फ्रेबुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइदैं आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group