ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०५ अवैध भारतीय बोकेको अमेरिकी जहाज अमृतसर विमानस्थल अवतरण हुँदै‍


एबीसी न्यूज
२३ माघ २०८१, बुधबार   १ : ३२   बजे

काठमाडौं २३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेसँगै गरिएको अवैध आप्रवासीलाई आफ्नै देश फर्काउने कामअन्तर्गत भारतीयहरूलाई फिर्ता गरिएको छ। अमेरिकामा कागजात नभएर बसिरहेका भारतीयहरू बोकेको सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।

बीबीसी हिन्दीका अनुसार ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि पहिलोपटक त्यहाँ रहेका भारतीयलाई देश निकाला गरेका हुन्।
त्यहाँका सुरक्षा अधिकारीहरूले डिपोर्ट भएका भारतीयहरूको सूची जाँच गरिसकेका छन् भने उनीहरू कुनै अपराधमा नजोडिएको पनि पुष्टि गरेका छन्।

रविदास विमानस्थलमा ओर्लिने केही भारतीयलाई भारतीय प्रहरीको गाडीमा उनीहरूकै गाउँसम्म पुर्‍याउनेछ। अन्य राज्यका नागरिकलाई भने विमानमार्फत नै घर पठाइने बताइएको छ।

बीबीसीका अनुसार विमानस्थलमा सुरक्षा अवस्था कडा पारिएको छ। मिडियालाई प्रवेश अनुमति पनि दिइएको छैन। तर, डिपोर्ट भएर आएकाहरूसँग विमानस्थल बाहिर केहीबेर कुराकानी गर्न दिइने बताइएको छ।

पन्जाब सरकारका एनआरआई मामिलामन्त्री कुलदीप सिंह धालीवालले अमेरिकाबाट भारतीयहरूलाई देश निकालाको समाचारबारे प्रश्न गर्दा गम्भीर काम भएको जवाफ दिए।

उनले आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्, ु२०५ भारतीयहरू अमृतसरस्थित विमानस्थलमा अवतरण गर्नेछन्, जहाँ म आफैँ उनीहरूलाई स्वागत गर्न जानेछु।ु

त्यस्तै पञ्जाबका डीजीपी गौरव यादवले मुख्यमन्त्रीलाई उदृत गर्दै आफ्ना नागरिकलाई सरकारले मैत्रीपूर्ण रुपमा स्वागत गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group