ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुवै सदनमा अध्यादेश निर्णयार्थ पेस नहुने


abc tv
२४ माघ २०८१, बिहिबार   १ : ४७   बजे

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको आजको बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने भएको छ। राष्ट्रियसभामा निर्णायक रहेका जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले समय मागेको भन्दै दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश निर्णयार्थ पेस गर्ने सूची हटाउने भएका हुन्।

अध्यादेश निर्णयार्थ पेस नगर्न कानुनमन्त्री अजयकुमार चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई आग्रह गरेका थिए।

सरकारले माघ १८ गते दुवै सदनमा ६ वटा अध्यादेश पेस गरेको थियो। प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको ५० बढी प्रस्ताव दर्ता गरेका छन्।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा अध्यादेश आज निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न कानुनमन्त्री अजय चौरसियाले आग्रह गरेका थिए।

अध्यादेशका स्वीकार गर्न लागि प्रतिनिधि सभामा कांग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्छ। तर राष्ट्रियसभामा जसपा नेपालका तीन सांसद निर्णायक छन्।

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग अध्यादेशको पक्षमा उभिन निरन्तर छलफल गरिरहेका छन्। जसपा नेपालले पनि अध्यादेश अध्ययन गर्न नेता राजकिशोर यादवको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो। कार्यदलले अध्यक्ष यादवलाई बिहीबार बिहान प्रतिवेदन बुझाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu