सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा आज बिहानपख भएको इभी गाडी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
बिहान करिब ४ बजेको समयमा खनियाखर्कमा भएको गाडी दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको हो भने छ जना घाइतेको उद्दार गरी सिन्धुलीमाढी पठाइएको छ ।
घटनास्थलमा पुगेका प्रहरीका अनुसार, झापाबाट काठमाडौं जाँदै गरेको बा.१.०३० च ९६४२ नम्बरको इभी गाडी दुर्घटना भएको हो ।
सडकबाट गाडी करिब ४ सय मिटर तल खसेको छ । चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्