ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्‍याउने प्रस्ताव


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   १ : ३०   बजे

काठमाडौं २५ माघ । नेपाल कानुन आयोगले महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्‍याउने प्रस्ताव गरेको छ ।

हाल महिलामाथि हुने साइबर अपराधबारे ३५ दिनभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था छ । यसलाई बढाएर ९० दिन पुर्‍याउने गरी ऐन बनाउने प्रस्ताव कानुन आयोगको छ ।

विद्युतीय ९इलोक्ट्रोनिक० कारोबार ऐन २०६३ को दफा ७४ मा उजुरी गर्ने हदम्याद सम्बन्धी व्यवस्था छ । उपदफा १ मा भनिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएकोमा वा यो ऐन बमोजिम कसूर ठहर्ने कुनै कुरा भएकोमा त्यस्तो उल्लंघन वा कसूर भए गरेको थाहा पाएको मितिले ३५ दिनभित्र उजुर गर्नु पर्नेछ ।’

यसलाई बदलेर ९० दिने पुर्‍याउने आयोगको प्रस्ताव छ । आयोगले यसका लागि यौनजन्य हिंसाविद्धका केही नेपाल ऐन संशोधन विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ ।

प्रस्तावित विधेयकको दफा २ मा विद्युतीय कारोबार ऐन २०६३ को दफा ७४ मा रहेको हदम्याद सम्बन्धी व्यवस्थालाई बदल्ने प्रस्ताव गरिएको हो ।

जहाँ भनिएको छ, ‘दफा ४७ को उपदफा ९३० बमोजिमको कसूरमा त्यस्तो कसूर भए गरेको थाहा पाएको मितिले नब्बे दिनभित्र र यस ऐन बमोजिम अन्य कसूर ठहर्ने कुनै कार्य भएकोमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएकोमा त्यस्तो कसूर भए गरेको वा उल्लंघन भएको थाहा पाएको मितिले पैंतीस दिनभित्र उजूर गर्नु पर्नेछ ।’

प्रस्तावित विधेयकले प्रचलित ऐनको दफा ४७ को उपदफा ९३० मा पनि संशोधन प्रस्ताव गरेको छ ।

जहाँ भनिएको छ, ‘कम्युटर, इन्टरनेट लगायतका विद्युतीय माध्यमबाट महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

अर्थात, कसैले कम्युटर, इन्टरनेट लगायतका विद्युतीय माध्यमबाट महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने गरेको खण्डमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन्छ । यस्तो कसूरमा उजुरी दिने हदम्याद ९० दिन पुर्‍याउने प्रस्तावित व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group