ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिमस्टेक टुर अपरेटर तेस्रो ‘नेटवर्क’ बैठक काठमाडौंमा


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   १ : ३६   बजे

काठमाडौं २५ माघ । बिमस्टेक नेटवर्क अफ टुर अपरेटर्सको तेस्रो बैठक काठमाडौंमा आयोजना गरिएको छ ।

बिहीबार र शुक्रबार काठमाडौंमा बिमस्टेक सदस्य राष्ट्र बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका, थाइल्यान्ड र नेपालका पर्यटन सम्बन्धित निकाय तथा निजी क्षेत्रका सरोकारवालाको भेला आयोजना गरिएको हो ।

बैठकले क्षेत्रीय पर्यटन प्रवर्द्धन र सहकार्य थप सुदृढ पार्ने लक्ष्य राखेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बैठकलाई बोर्डले सहजीकरण तथा समन्वय गरिरहेको छ ।

बैठक उद्घाटनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालका दिगो पर्यटन प्रवर्द्धन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदा संरक्षणप्रति प्रतिबद्धता व्यक्त गर्दै बिमस्टेकले क्षेत्रीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अवसर प्रदान गर्ने दाबी गरे ।

उनले सीमापार पर्यटन प्रवर्द्धन तथा साझा सम्पदाको अधिकतम उपयोग बिमस्टेक सदस्य राष्ट्रहरूका लागि लाभदायक हुने बताए ।

बिमस्टेकका निर्देशक सी थु आङले पर्यटनलाई क्षेत्रको प्रमुख आर्थिक क्षेत्रका रूपमा परिभाषित गर्दै, सहकार्यद्वारा यस क्षेत्रका पर्यटन सम्भावना सदुपयोग गर्न सकिने बताए ।

उनले क्षेत्रीय सहकार्यले दीर्घकालीन साझेदारी निर्माण गर्नुका साथै रोजगारी, राजस्व वृद्धिमा योगदान पुर्‍याउने र जनता–जनताबीच सम्बन्ध थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले बैठकप्रति उत्साह व्यक्त गर्दै क्षेत्रीय पर्यटन प्रवद्र्धनमा नेपालको अग्रणी भूमिका रहेको बताए ।

उनले यस बैठकलाई सहकार्य र रणनीतिक योजना विकासको प्रमुख अवसरका रूपमा चित्रण गर्दै नेपालले बिमस्टेक साझेदार राष्ट्रहरूसँग मिलेर पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

बैठकमा बिमस्टेक बौद्ध तथा क्रुज सर्किट सञ्चालन, गन्तव्य व्यवस्थापन, संयुक्त बजारीकरण, सांस्कृतिक आदान प्रदान कार्यक्रम, भिसा सहजीकरण तथा बिमस्टेक ट्राभल एन्ड टुरिज्म मार्टको वार्षिक आयोजना जस्ता विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।

सीमापार यात्रा सहज बनाउन विशेष पर्यटकीय सर्किट विकास तथा अन्वेषण गर्ने विषयलाई समेत बैठकको प्राथमिकतामा राखिएको छ ।

बैठकको निष्कर्षले सार्वजनिक–निजी साझेदारीलाई थप मजबुत बनाउँदै, पर्यटन व्यवस्थापनमा सुधार ल्याउने तथा बिमस्टेक क्षेत्रमा निर्वाध सम्पर्कलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । यसले क्षेत्रीय पर्यटन वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group