ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविलाई जिल्ला–जिल्ला घुमाएर तर्साउन खोजेको भए डराउँदैनौं : सांसद कठायत


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   ५ : १५   बजे

काठमाडौं २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद विनिता कठायतले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जिल्ला जिल्ला घुमाउँदैमा आफ्नो पार्टी नडराएको दाबी गरेकी छिन् ।

शुक्रबार प्रतिनिधिसभामा शून्य समय लिएर बोल्ने क्रममा सांसद कठायतले रास्वपालाई तर्साउने र बदनाम गराउने काम भएको हो भने त्यसबाट नडराउने बताएकी हुन् ।

‘रास्वपालाई तसाईदिउँ, बदनाम गराउँ, ठगको बिल्ला भिराउँ, रविलाई सिध्याएर रास्वपा सकिन्छ भन्ने सोचेको हो भने रास्वपा डराएको छैन,’ सांसद कठायतले दाबी गर्दै भनिन्, ‘रविको सट्टामा सय रवि यही सदनमा प्रवेश गर्नलाई ०८४ साल कुरेर बसेका छन् ।’

सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई हिरासतमा राखेको, अहिले जिल्ला जिल्लामा बयान भन्दै घुमाउने काम गरेको उल्लेख गर्दै उनले सहकारी पीडितको समस्या समाधान नभएकोप्रति प्रश्न गरिन् ।

‘राज्यले प्रतिशोध साँधेर माननीय रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा पनि राख्यो । तर, सहकारी समस्या समाधान भयो त रु,’ उनले प्रश्न गर्दै भनिन्, ‘बचतकर्ताको करिब ३ सय अरब हिनामिना भएको उल्लेख छ । पीडित बचतकर्ताको रकम फिर्ता गर्ने विषय कहाँ पुग्यो रु’

सांसद कठायतले जिल्ला–जिल्ला घुमाएर मात्रै सहकारी पीडितको रकम फिर्ता हुने भए आफ्नो सभापति ७७ वटै जिल्ला घुम्न तयार भएको बताइन् ।

‘एउटा व्यक्तिविशेषलाई लक्षित गरेर राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले हाम्रो पार्टी सभापतिलाई बयान गराउने नाममा जिल्ला जिल्ला घुमाउने काममा व्यस्त देखिन्छ । जिल्ला जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ रु,’ उनले अघि भनिन्, ‘हुन्छ भनिदियोस् सरकारले, हाम्रो सभापति दुई तीन जिल्लामात्रै होइन, ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group