ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक सहकार्यका लागि पाँच विश्वविद्यालयबीच सम्झौता


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   १० : ४९   बजे

काठमाडौं २६माघ । नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सुर्खेतमा सम्झौता भएको छ।

विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सम्झौता भएको हो।

उक्त सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रममार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ।

सम्झौताअनुसार विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजना, शिक्षक, कर्मचारी तथा विद्यार्थी आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमको विकासमा सहकार्य गर्नेछन्। साथै संयुक्त रूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजना आयोजना गरिनेछ भने शैक्षिक स्रोत र प्रकाशन आदानप्रदान हुनेछन्।

सम्झौतापत्रमा सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। ध्रुवकुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा।डा। शिलु मानन्धर, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। बिजुकुमार थपलिया र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा।डा। विनोदप्रसाद ढकाल गरी पाँचै विश्वविद्यालयका उपकुलपतिले हस्ताक्षर गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको उक्त सम्झौताको साक्षीमा पाँचै विश्वविद्यालयका रजिस्ट्रार उपस्थित थिए।

सुरुवाती सम्झौता अवधि पाँच वर्षको छ भने प्रत्येक पाँच वर्षमा स्वत नवीकरण हुने बताइएको छ।

कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा ६ महिनाअघि सूचना दिनुपर्नेछ।

सम्झौताले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई प्रवर्द्धनका साथै विद्यार्थी तथा शिक्षकका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा। डा। ध्रुवकुमार गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu