ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौ–तराई/मधेस द्रुतमार्गअन्तर्गत खोकनाको समस्या समाधान गर्न विकल्प खोजिँदै


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ३ : ०५   बजे

काठमाडौं २६ माघ । काठमाण्डौ–तराईरमधेस द्रुतमार्ग अर्थात् ुफास्ट ट्र्याकु आयोजनाअन्तर्गत समस्या देखिएको ललितपुरको खोकना क्षेत्रको जग्गा अधिग्रहणसम्बन्धी समस्यालाई विकल्प तयार गरी काम अघि बढाइने भएको छ ।

खोकनाको समस्याका कारण द्रुतमार्गको शुरू बिन्दु निर्धारण र गाडी सञ्चालन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले यो खण्डको खरिद तथा निर्माण कार्य प्रभावित भइरहेको छ ।

द्रुतमार्गको शून्य किलोमिटरदेखि छ दशमलव पाँच किलोमिटरसम्मको खरिद तथा निर्माण शुरू हुन सकेको छैन ।

रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री मानवीर राईले द्रुतमार्गको प्रभावकारी कार्यान्वयनका लागि सरोकार भएका सबैसँग समन्वय गरी लक्ष्यअनुसार प्रगति हासिल गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री राईले गएको पुस २२ गते खोकना–बुङ्मती इलाकाको स्थलगत अनुगमनसमेत गर्नुभएको थियो । उहाँले खोकनाको समस्या समाधान गर्न विभिन्न विकल्प निकाल्ने गरी योजनाबद्ध रूपमा काम भइरहेको बताउनुभयो ।

कुल ७० दशमलव ९७ किलोमिटर लम्बाइको द्रुतमार्ग २०८३ साल चैतसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।

राष्ट्रिय गौरवको आयोजनाको प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको छ । आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ३७ दशमलव ६० र वित्तीय प्रगति ३९ दशमलव ५६ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group