ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीमा भाजपाको कमब्याकपछि अमित शाहले भने – झुटा वाचा टिक्कैनन् 


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ३ : २२   बजे

काठमाडौं २६ माघ । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले कमब्याक गरेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रतिक्रिया दिएका छन् ।

उनले आम आदमी पार्टीलाई लक्षित गर्दै दिल्लीवासीले जनतालाई पटक(पटक झूटा वाचा गरेर भ्रमित गर्न सकिन्न भन्ने सन्देश दिएको टिप्पणी गरेका हुन् ।

अमित शाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जनताले आफ्ना मतमार्फत फोहोर यमुना, दूषित खानेपानी, बिग्रिएका सडकहरू, ओभरफ्लो हुने ढलहरू र प्रत्येक गल्लीमा खुलेका मदिरा पसलहरूको जवाफ दिएका छन्।’

स्थानीय समय अनुसार दिउँसो साढे एक बजेसममको तथ्यांकअनुसार भाजपा र आदपाले चाररचार सिट जितेका छन् । भाजपा ४४ सिटमा अगाडि छ भने आम आदमी १८ सिटमा मात्रै अगाडि देखिएको छ ।

अमित शाहले अर्को पोस्टमा लेखेका छन्, ‘दिल्लीवासीले झूट, धोका र भ्रष्टाचारको शीशमहललाई ध्वस्त गर्दै दिल्लीलाई ‘आप(दा’ मुक्त बनाउने काम गरेका छन्।’

उनले अघि लेखेका छन्, ‘दिल्लीले वाचा पूरा नगर्नेलाई यस्तो पाठ सिकाएको छ, जुन देशभर जनतासँग झूटा वाचा गर्नेहरूका लागि उदाहरण बन्नेछ। यो दिल्लीमा विकास र विश्वासको नयाँ युगको सुरुवात हो।’

दिल्लीमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् भने आम आदमीका प्रायस् चर्चित नेताहरु हारको संघारमा रहेका छन् । यो नतिजा अनुसार दिल्लीमा पनि भाजपाले सरकार बनाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu