ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीके राउतसँग चाँडै पार्टी एकता गर्ने रेशम चौधरीको संकेत


एबीसी न्यूज
२७ माघ २०८१, आइतबार   ४ : ३७   बजे

काठमाडौं २७ माघ । नागरिक उन्मुक्ति पार्टी नाउपा का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले जनमत पार्टीसँग एकताबारे बोलेका हुन् ।

‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ’, चौधरीले भनेका थिए । पार्टी एकता टुंगिनेबारे रेशमले बताइरहँदा जनमत पार्टीका सभापति डा।सिके राउत त्यही मञ्चमा थिए ।
मन्तव्यका क्रममा रेशमले जनमतसँग एकता अगाडि बढिसकेकाले अरू दलहरूलाई पनि एकताको निम्ति आह्वान गरे । नेसपा ९नयाँ शक्ति०, विवेकशील साझा लगायत वैकल्पिक आवाज उठाइरहेका पार्टीहरूसँग एकता गरेर जान सकिने चौधरीले बताएका थिए ।

स्रोतका अनुसार नाउपा र जनमतबीच एकता प्रक्रिया सकारात्मक निष्कर्षमा रहेकाले नै रेशमले त्यस्तो भाषण गरेका हुन् । ‘नाउपा र जनमतले एकता गरेर जाने भन्ने लगभग सहमति जुटेको छ । कुनै प्रतिकुलता आएन भने चाँडै एकता हुन्छ’, ती स्रोतले भन्यो ।

जनमत पार्टीको पर्वी मधेशमा र नाउपाको पश्चिम मधेशमा पकड छ । २०७९ को चुनावमा नवगठित यी दुवै पार्टीले अप्रत्यासित मत पाएर राष्ट्रिय राजनीतिमा आएका थिए ।

प्रतिनिधिसभामा जनमतसँग ६ सिट र नाउपासँग ४ सिट छ । प्रदेशतर्फ सुदूरपश्चिममा नाउपा र मधेशमा जनमत पार्टीको बलियो उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu