ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७० पटक छुरा प्रहार गरी भारतीय अर्बपति रावको हत्या, २९ वर्षीय नाति पक्राउ


एबीसी न्यूज
२८ माघ २०८१, सोमबार   १२ : ३१   बजे

काठमाडौं २८ माघ । भारतीय राज्य तेलंगानाको राजधानी हैदराबादमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ।

त्यहाँ वेल्जन ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक ८६ वर्षीय वेलामती चन्द्रशेखर जनार्दन रावको आफ्नै घरमा हत्या भएको हो।

अर्बपति वेलामतीको हत्याको आरोप अरू कसैलाई नभएर उनका आफ्नै २९ वर्षीय नाति किलारु कीर्ति तेजालाई लागेको छ।

यही फेब्रुअरी ६ राति सोमाजीगुडास्थित वेलामतीको घरमा ७० पटकभन्दा बढी चक्कुले आक्रमण गरियो।

रिपोर्टअनुसार सम्पत्ति बाँडफाँडलाई लिएर भएको चर्को विवादपछि हत्या गरिएको हो।

तेजाले आफ्नो हजुरबुबालाई सम्पत्ति राम्ररी बाँडफाँड नगरेको आरोप लगाउँदै विरोध गरेको बताइएको छ।

यो विवादपछि रिसको आवेगमा तेजाले रावलाई धेरैपटक छुरा प्रहार गरेको आरोप छ। उनको शरीरमा ७० ठाउँमा चक्कुका चोट लागेका छन्।

झगडाका क्रममा तेजाकी आमा अर्थात् रावकी छोरी सरोजिनी देवीले छुट्याउने प्रयास गरेकी थिइन् तर सकिनन्।

उनलाई पनि चोटपटक लागेको छ। उनलाई अस्पताल लगिएको छ र हाल उपचार जारी छ।

अमेरिकाबाट स्नातकोत्तर डिग्री पूरा गरेपछि तेजा हालै हैदराबाद फर्किएका थिए।

उनी र उनकी आमा छुट्टाछुट्टै बस्थे तर आक्रमण हुनुभन्दा अघि दुवै जना रावको निवासमा थिए। आक्रमणपछि तेजाविरुद्ध हत्या आरोपमा जाहेरी दर्ता गरिएको छ। उनलाई फेब्रुअरी ८ मा हिरासतमा लिइएको थियो र प्रहरीले अपराधबारे थप अनुसन्धान सुरु गरेको छ।

जनार्दन राव एक प्रसिद्ध उद्योगपति थिए। जहाज निर्माण, ऊर्जा र औद्योगिक अनुप्रयोगसहित धेरै क्षेत्रमा उनको योगदान थियो।

एलुरुको सरकारी जनरल अस्पताल र तिरुमला तिरुपति देवस्थानम जस्ता संस्थाहरूलाई गरेको परोपकारी दानका लागि पनि उनलाई सम्झिइन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

सम्बन्धित

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu