ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यालेस्टाइनीलाई विस्थापित गर्ने ट्रम्प र नेतान्याहूको टिप्पणीले क्षेत्रीय र अन्तर्राष्ट्रिय आक्रोश उत्पन्न


एबीसी न्यूज
२८ माघ २०८१, सोमबार   ७ : ५४   बजे

काठमाडौं २८ माघ । टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्यालेस्टाइनीलाई आफ्नो देशबाट विस्थापित गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ । एर्दोगानले गाजाका मानिसहरूलाई उनीहरूको प्राचीन र अनन्त मातृभूमिबाट निकाल्ने शक्ति कसैसँग नभएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गाजा, वेस्ट बैंक र पूर्वी जेरुसेलम सबै प्यालेस्टाइनका भएको उहाँको भनाइ छ ।

इजरायल र हमासबीच युद्धविराम सम्झौता भए पनि अमेरिका र इजरायली नेतृत्वको दिमागमा अझ खराब र अमानवीय योजनाहरू आइरहेको भन्दै एर्दोगानले आपत्ति जनाउनुभएको छ । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका सबै मानिसलाई अरू देशमा सारेर अमेरिकाले त्यहाँ विकास गर्ने र नियन्त्रणमा लिने प्रतिक्रिया दिनुभएको थियो । हिजो मात्रै उहाँले गाजाको क्षेत्र अरब देशहरुलाई बाँडेर दिन सकिने आपत्तिजनक अभिव्यक्ति पनि दिनुभएको थियो ।

यस्तै हिजो नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एउटा टीभी अन्तर्वार्तामा साउदी अरबलाई प्यालेस्टाइनको माया लागेको भए आफ्नै भूमि दिएर प्यालेस्टाइन राज्य स्थापना गर्न सक्ने प्रतिक्रिया दिनुभएको छ । ट्रम्प र नेतान्याहू दुवैको टिप्पणीले क्षेत्रीय र अन्तर्राष्ट्रिय आक्रोश उत्पन्न गरेको छ । धेरै देशहरूले प्यालेस्टाइनलाई आफ्नो मातृभूमिबाट विस्थापित गर्ने अभिव्यक्तिको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu