ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासलाई ट्रम्पको चेतावनी: शनिबार १२ बजेसम्म सबै बन्धक रिहा गर्नू


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   ११ : ४६   बजे

काठमाडौं २९ माघ । गाजाबाट इजरायली बन्धक रिहाइ रोक्ने घोषणा गरेपछि हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्।

ट्रम्पले हमासले आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने चेतावनी दिएका हुन्। ट्रम्पले ओ‌भल अफिसमा भने, ‘शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धक रिहा गरिएन भने, म भन्छु( यसलाई ९सम्झौता० रद्द गर्नुहोस्।’ उनले ओभल अफिसमा भने, ‘अब सबै बाटा बन्द गरिनुपर्छ र विनाश सिर्जना गरिनुपर्छ।

तर ट्रम्पले शनिबार दिउँसोको १२ बजे हो वा रातको १२ बजे भनेका हुन्, स्पष्ट छैन। यो समयसीमा दिँदा उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेका थिए भन्ने पनि थाहा छैन।

ट्रम्पले पटकपटक नगरी सबै बन्धक एकैचोटि रिहा गरिनुपर्ने पनि बताएका छन्।

यस्तो भएन भने के हुन्छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘हमासले थाहा पाउनेछ मेरो भनाइ अर्थ के हो१’

बीबीसीका अनुसार उनले ‘यो मेरो समयसीमा हो’ भने र आफ्नो निर्णयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु उल्लेख गरेनन्।

यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै अब बन्धक छाड्ने क्रम रोक्ने बताएको थियो। हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ।

युद्धविरामको पहिलो चरणअन्तर्गत तीन हप्ताभित्र हमासले ३३ बन्धक र इजरायलले १९०० कैदी रिहा गर्नुपर्ने सम्झौता छ।

तर हमासले बन्धक बनाएका ३३ जनामध्ये ८ जनाको मृत्यु भइसकेको इजरायलको भनाइ छ।

अहिलेसम्म हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ। तर नेपाली विद्यार्थी विपिन जोशीको पालो अहिलेसम्म आएन।

यसबीच इजरायलले भने ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group