ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९७ अर्ब डलरमा च्याटजीपीटी खरिद गर्ने मस्कको प्रस्ताव अस्वीकृत


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   १२ : ०१   बजे

काठमाडौं २९ माघ । इलोन मस्क नेतृत्वको एक समूहले लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई खरिद गर्न प्रस्ताव गरेको छ । मस्क नेतृत्वको समूहले करिब ९७।४ अर्ब डलरमा ओपनएआई खरिदको प्रस्ताव राखेको द इकोनोमिक टाइम्सले जनाएको छ ।

तर मस्क समूहको यो प्रस्ताव ओएनएआईले भने अस्वीकार गरिदिएको समाचारमा उल्लेख छ । ओपनएआईका सीईओ स्याम अल्टम्यानले ट्रम्पको प्रस्ताव अस्वीकार मात्रै गरेका छैनन्, उल्टै ट्विटर ९एक्स० नै खरिद गर्ने प्रस्ताव राखेका छन् । उनले भनेका छन्, ‘धन्यवाद, तर तिमी चाहन्छौ भने ९।७४ अर्बमा ट्विटर खरिद गर्छौं ।’ मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमाट्विटर खरिद गरेर एक्स बनाएका थिए ।

मिडिया रिपोर्टका अनुसार मस्क र उनको एआई स्टार्टअप एक्सएआई सहितका केही लगानीकर्ताको समूहले ओपनएआईको स्वामित्व लिँदै यसलाई पुनः गैरनाफामुखी कम्पनीको रुपमा चलाउन खोजिरहेको छ । मस्कका कानुनी प्रतिनिधि मार्क टोबेरोफका अनुसार, ओपनएआईलाई यसको परोपकारी उद्देश्यतर्फ फर्काउने उद्देश्यले यो खरिद प्रस्ताव राखिएको थियो ।

समाचार एजेन्सी एपीका अनुसार ओपनएआई खरिदको प्रस्ताव राख्नेहरुमा एलन मस्कको एआई स्टार्टअप एक्सएआईका साथै ब्यारेन क्यापिटल ग्रुप, भेलर म्यानेजमेन्ट, एटरीड्स म्यानेजमेन्ट, भीवाई फण्ड, इम्यानुअल क्यापिटल म्यानेजमेन्ट र एट पार्टनर भीसी जस्ता लगानीकर्ता छन् ।
मस्क र अल्टम्यानले २०१५ मा संयुक्त रूपमा ओपनएआई स्थापना गरेका थिए । पछि नेतृत्वमा विवाद भएपछि मस्कले २०१८ मा ओपनएआईको सञ्चालक बोर्डबाट राजीनामा दिएका थिए । त्यसयता, ओपनएआईको दिशा र उद्देश्यबारे मस्क र अल्टम्यानबीच विवाद जारी छ ।

मस्कले २०१५ देखि २०१८ सम्म ओपनएआईमा करिब ४५ मिलियन डलर लगानी गरेका छन् ।

ओपनएआईका प्रारम्भिक लगानीकर्ता तथा सञ्चालक बोर्डका सदस्य समेत रहेका मस्कले गत वर्ष क्यालिफोर्नियाको राज्य अदालत र संघीय अदालत दुवैमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

उनले ओपनएआईले सार्वजनिक हितका लागि सञ्चालन हुने गैरनाफामुखी अनुसन्धान प्रयोगशालाको रूपमा राख्नुपर्ने मूल उद्देश्य त्यागेर नाफा कमाउन लागेको आरोप लगाएका छन् ।

गत हप्ता, मस्क र ओपनएआईका कानुनी टोलीहरू क्यालिफोर्नियाको संघीय अदालतमा आमनेसामने भएका थिए जहाँ न्यायाधीशले ओपनएआईलाई नाफामुखी कम्पनीमा परिणत हुनबाट रोक्ने आदेश दिने कि नदिने भन्ने विषयमा छलफल समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group