ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमेन्टको मूल्य वृद्धिविरुद्ध प्रदेश सांसदले हाले सर्वोच्चमा रिट, आजै पेसी


एबीसी न्यूज
३० माघ २०८१, बुधबार   १० : १४   बजे

काठमाडौं ३० माघ । सिमेन्टमा भएको अचाकली मूल्यवृद्धि विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
रिटमा नेपालको संविधानको धारा ४६ र १३३ ९२० ९३० को आधारमा परमादेश लगायत अन्य आवश्यक आदेश जारी गरी पाउँ भन्दै नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाएको छ ।

रिटमा कात्तिक १ गते ओपीसी सिमेन्टको करसहित प्रतिबोरा ४७२ रुपैयाँमा बिक्री गरेकोमा मंसिर १७ गतेसम्म ६३० रुपैयाँमा उद्योगले बेच्ने गरेको रिटमा दाबी गरिएको छ ।

कच्चा पदार्थको अभाव देखाएर उद्योगीले सरकारको मिलेमतोमा अचाकली मूल्यवृद्धि गरी कालोबजारी गरेको दाबी छ । ‘सिमेन्ट दैनिक रुपमा हरेक प्रकारका निर्माण कार्यमा प्रयोग हुने अत्यावश्यक वस्तु हो, यसमा हालै देखि देखापरेको कृत्रिम अभाव, कालोबजारी, उद्योगहरुको मनलाग्दी सिन्डिकेटलाई नरोक्दा यसले सबै काम कुरालाई प्रभावित पार्दछ’, रिटमा भनिएको छ ।

रिटमा उठान गरिएको विषय सार्वजनिक चासोको विषय भएकोले यो विषयक किनारा नहुञ्जेलसम्म तत्काल सिमेन्ट स्वभाविक रुपमा, पहिलेको उचित मूल्यमा उपलब्ध गर्न गराउन माग गरिएको छ । ‘उद्योग संघमार्फत सम्पूर्ण सिमेन्ट उद्योगीहरुको नाउँमा र नेपाल सरकारका निकायले तत्काल कालोबजारी रोकी आम उपभोक्ता, हार्डवेयर व्यवसायीको समस्या समाधान हुने निती नियम अबलम्बन गर्ने, बजारको प्रभावकारी अनुगमन गर्ने गराउने कार्य गर्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरि पाऊँ,’ रिटमा उल्लेख छ ।

यस मुद्दामा रहबर अन्सारीका कानूनी सल्लाहकार अधिवक्ता अनुपम भट्टराईले अदालतमा प्रमाणहरू मजबुतीका साथ पेस गरेको बताएका छन् ।

माघ १५ गते नै रिट दिन चाहेपनि सर्वोच्चले अस्वीकार गरेको थियो । त्यसपछि मंगलबार सर्वोच्चले उनको रिट दर्ता गरेको हो । यो रिटको आज नै पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu