ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाबाट २० नेपाली डिपोर्ट


एबीसी न्यूज
३० माघ २०८१, बुधबार   २ : १२   बजे

काठमाडौं ३० माघ । पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी ९माघ ७ गते० देखि फेब्रुअरी ११ ९माघ २९ गते०को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएको अध्यागमन कार्यालयको तथ्यांक छ ।
ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सिता परियारका अनुसार २० जनवरीदेखि ११ फेब्रुअरीको बीचमा १ महिला र १९ पुरुष गरी जम्मा २० जना नेपालीहरुलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ ।

उनका अनुसार अमेरिकाको अध्यागमन कार्यालयले पठाएको पत्रमा ‘विना भिसा’ यात्रा गरेको र ‘गलत नियत’का साथ बसोबास गरेकाले उनीहरुलाई फर्काइएको व्यहोरा उल्लेख छ ।

ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ । अहिले विभिन्न देशका नागरिकहरुलाई विमान नै चढाएर फर्काइरहेको छ । भारत, मेक्सिको लगायत देशका नागरिकहरुलाई हत्कडीसमेत लगाएर फर्काइएका समाचार सार्वजनिक भएका थिए ।

तर अहिलेसम्म नेपालीहरुलाई फर्काउने क्रममा अमानवीय व्यवहार भएको जानकारी नभएको अध्यागमन कार्यालयका अधिकारीहरु बताउँछन् । ‘अहिलेसम्म २० जना नेपालीहरुलाई अमेरिकाले फर्काएको छ र उनीहरु सामान्य तरिकाले, नियमित उडानका एयरलाइन्समार्फत् आएका छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता परियारले अनलाइनखबरसँग भनिन् ।

उनका अनुसार अहिले अमेरिकाबाट नेपालीहरु फर्किने क्रम विगतको तुलनामा बढेको छ । तर त्यसको कारण भने स्पष्ट नभइसकेको उनी बताउँछिन् ।

अध्यागमन कार्यालयको रेकर्डमा डिपोर्ट भएका सबैभन्दा धेरै ६ जना नेपाली फेब्रुअरी ८ अर्थात् माघ २६ गते काठमाडौं ओर्लिएका छन् । यसैगरी फेब्रुअरी ६ मा २ जना तथा फेब्रुअरी ५ र १ मा ३र३ जना नेपाली स्वदेश फर्किएका छन् ।

संगठित मानव तस्करको आडमा नेपालीहरु अवैध बाटोबाट अमेरिका जाने गरेका छन् । तर अवैध रुपमा अमेरिका पुग्ने नेपालीहरुको नेपालमा रेकर्ड छैन ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीको रेकर्ड भने अध्यागमन कार्यालयले राख्ने गरेको छ । ठगीमा परेकाहरुमध्येबाट उजुरी परेमा त्यस्ता उजुरीको आधारमा मानव बेचबेखिन अनुसन्धान ब्युरोले पनि रेकर्ड राख्ने गरेको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुका अनुसार पछिल्लो केही दिनयता अमेरिकाबाट फर्किने नेपालीहरुको संख्या बढेको छ । तर आप्रवासीविरुद्ध ट्रम्प प्रशासनको कडा नीतिकै कारण नेपालीहरु फर्किने क्रम बढेको हो या त्यसमा अन्य कुनै कारण छ भन्ने नखुलेको उनीहरु बताउँछन् ।

अध्यागमन कार्यालयका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘अवैध रुपमा अमेरिका पुगेका नेपालीहरु पहिले पनि फर्काइने गरेका हुन् तर अहिले भने त्यो क्रम बढेको देखिन्छ तर ठ्याक्कै कारण थाहा हुन सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी खरिद अनियमितताबारे छानबिन मागेपछि लेखा समितिमा विवाद

रेडक्रसको विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu