ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट अब १ हजार मेगावाट विद्युत् आयात–निर्यात हुने


एबीसी न्यूज
३० माघ २०८१, बुधबार   २ : २८   बजे

काठमाडौं ३० माघ । हाल सञ्चालनमा रहेको अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४ सय किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण अब ८ सय मेगावाटबाट १ हजार मेगावाट पुर्‍याइने भएको छ ।

मंगलबार नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समिति बैठकमा दुई देशबीच यस्तो सहमति भएको हो ।
समितिको १२औं बैठकमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले नेतृत्व गरेका थिए ।

उक्त बैठकले ९ माघमा सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकले सिफारिस गरेका विषयमा छलफल गरेको हो ।

बैठकमा नेपाल–भारत बीच विद्यमान विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, अन्तरदेशीय विद्युत् आयात–निर्यात लगायत विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बैठकमा चमेलिया–जौलिजिबीबीचको २२० किलोभोल्ट डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन सन् २०२५ सम्म तयार पार्ने सहमति समेत भएको छ ।

नेपाल खण्डको प्रसारणलाइन नेपाल विद्युत् प्रािधकरण र भारततर्फको लाइन पावर ग्रिडले २०२५ सम्म बनाइ सक्ने सहमति समेत भएको छ ।

नेपाल–भारतबीच इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेलीबीच ४ सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य २०३० सम्म सम्पन्न गर्ने समेत सहमतिमा उल्लेख छ ।

यसका लागि नेपालतर्फको प्रसारण लाइनको ५१ प्रतिशत र भारतको पावर ग्रिडको ४९ प्रतिशत एवं भारततर्फको प्रसारण लाइनका लागि पावर ग्रिडको ५१ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४९ प्रतिशत स्वपूँजी रहने गरी मोडालिटी तय गर्ने सहमति समेत भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

यस्तो कम्पनी एक महिनाभित्र स्थापना हुने भएको छ । सन् २०३४र३५ सम्मका लागि नेपालबाट थप विद्युत् भारत निर्यात गर्न अन्तरदेशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण र विस्तार गर्ने सहमति समेत भएको छ ।

जसमा निजगढरहरनैया–मोतिहारीबीच ४ सय केभी प्रसारणलाइन २०३४र३५ सम्म निर्माण गर्ने, कोहलपुर–लखनउबीच ४ सय केभी, ढल्केबर–मुजफ्फरपुरबीच ४ सय केभी प्रसारण लाइनमा उच्च क्षमताको कन्डक्टरले प्रतिस्थापन गर्ने सहमति समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group