ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै बसेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको अध्ययन गर्न सकिन्छ- उपप्रधानमन्त्री सिंह


एबीसी न्यूज
३० माघ २०८१, बुधबार   २ : ३४   बजे

काठमाडौं ३० माघ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईले गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भएपनि अहिले त्यो अवस्था नरहेको बताए ।

‘शैक्षिक गुणस्तरको कुरालाई लिएर जुन प्रश्न गरिन्छ, त्यो खास गरेर मै विद्यार्थी हुँदा हामीले सिमित विषयहरू छान्न पाउने गर्दथ्यौँ । तर अहिले त्यो अवस्था छैन,’ उनले भने ।

अहिले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पढाइ हुने विषयहरू पनि नेपालकै क्याम्पसहरूमा अध्ययन गर्न सकिने अवस्था रहेको उनले उल्लेख गरे ।

नेपालमै अध्ययन गरी नेपाली समाजलाई अगाडि बढाउन युवाहरूले विशेष ध्यान दिन जरुरी रहेको बताए ।

‘हामीले धेरै विषयहरु छानेर अध्ययन गर्नसक्छाँै । अहिले विभिन्न विषयमा अध्ययन गर्न मिल्छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाइ हुने विषयहरू अहिले नेपालमै बसेर पढ्न मिल्छ । यहीँ नेपालमै बसेर अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ, त्यसमै ध्यान दिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी खरिद अनियमितताबारे छानबिन मागेपछि लेखा समितिमा विवाद

रेडक्रसको विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu