ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डाै महानगरमा नयाँ जनप्रतिनिधि आएपछि १ सय १६ वटा न्यायिक सुनुवाइ


एबीसी न्यूज
३० माघ २०८१, बुधबार   ४ : १७   बजे

काठमाडौं ३० माघ । काठमाण्डौ महानगरपालिकाले नयाँ जनप्रतिनिधिको कार्यकालमा अहिलेसम्म १ सय १६ वटा न्यायिक सुनुवाइ गरेको छ । मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डङ्गोललगायतको टोली निर्वाचित भएपछि १ सय १६ वटा न्यायिक सुनुवाइ गरेको महानगरले सार्वजनिक गरेको ‘न्यायिक समिति स् दिग्दर्शन’ नामक पुस्तकमा उल्लेख छ ।

पुस्तकमा उल्लेख विवरणानुसार मेयरको इजलासले हेर्ने ३ सय ६ वटा विवाद समाधानका लागि ३३ वटा सुनुवाइ भएको छ । जसमा १ सय ७४ वटा विवादमा निर्णय भएको छ भने ६५ वटा विवाद तामेलीमा राखिएको छ । ६ वटामा मिलापत्र भएको छ । मेयरको इजलासबाट भवन निर्माणको मापदण्डका विवाद हेर्ने व्यवस्था छ ।

यस्तै उपमेयरको नेतृत्वमा हुने महानगरपालिकाको न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाइ गरी न्याय निरूपण भएको छ । ६ सय ८ वटा विवाद निरूपण हुँदा ३ सय २६ वटा विवादमा निर्णय भएको छ । १ सय ४१ वटा विवाद मेलमिलापको माध्यमबाट समाधान भएको छ । १ सय ३२ वटा निर्णयमाथि पुनरावेदन परेकोमा १५ वटा विवाद पुनरावेदन तहबाट टुङ्गिएका छन् । १३ वटा न्यायिक समितिको निर्णय पुनरावेदन तहबाट सदर भएको छ ।

यसैबीच महानगरपालिकाले अहिलेसम्म ५२ हजार ७ सय ४० जना सेवाग्राहीलाई निःशुल्क कानूनी सेवा प्रदान गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्म मात्र ६ हजार ८ सय ४७ जनाले सेवा प्राप्त गरेको पुस्तकमा उल्लेख छ ।

किन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group