ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०२६ भित्र नेपाललाई विकासशील राष्ट्र बनाउँछौँ – अर्थमन्त्री पौडेल


एबीसी न्यूज
३० माघ २०८१, बुधबार   ५ : ३६   बजे

काठमाडौं ३० माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीव्र विकासमार्फत सन् २०२६ सम्म नेपाललाई विकासशील राष्ट्र बनाउने बताएका छन् । बुधबार माप्यदूधकोशी गाउँपालिकाको अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार भौतिक र मानवीय विकासमा लागिपरेको र देशको अर्थतन्त्र चलायमान भएको बताएका हुन् ।

विदेशमा भएका युवालाई नेपाल भित्र्याएर समृद्ध देश बनाउने सरकारको उद्देश्य रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । वर्तमान सरकारले विकास निर्माणको काम गरेकाले सन् २०२६ सम्म नेपाल विकासशील सूचीमा समावेश हुने ठोकुवा गरे । कांग्रेस(एमालेको सरकारले देशलाई स्थायित्व दिने उनको दाबी छ ।

सरकारले सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युड रंगशाला बनाउनेसमेत अर्थमन्त्री पौडेलले घोषणा गरेका छन् । दुई जिल्लाको उच्च स्थानमा रंगशाला बनाउन बजेट विनियोजन गर्ने भन्दै अर्थमन्त्रीले खेलकुद पर्यटनको विकासमा सरकार दृढ रहेको बताए । अब हाई अल्टिच्युडमा खेल खेल्न विश्वभरका मान्छे नेपाल आउने उनको कथन छ ।

कार्यक्रममा रक्षामन्त्री मानवीर राइले सोलुखुम्बुको भौतिक विकासमा आफूले सक्दो पहल गरेको बताए । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राइले सल्लेरी(माप्य(लुक्ला सडकखण्ड कालोपत्र गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी खरिद अनियमितताबारे छानबिन मागेपछि लेखा समितिमा विवाद

रेडक्रसको विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu