ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुँगाको लडाइँ छाडौँ, फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाऔँ -बाबुराम भट्टराई


एबीसी न्यूज
१ फाल्गुन २०८१, बिहिबार   ११ : ४६   बजे

काठमाडौं १ फगुन । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा दिने गरिएको सार्वजनिक बिदा बदर गर्दै जनयुद्ध शब्द नै प्रयोग नगर्न सरकारलाई आदेश दिएका बेला तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र विद्रोहका प्रमुख नेतामध्ये एक डा। बाबुराम भट्टराईले फागुन १ लाई ुजनक्रान्ति दिवसुका रूपमा मनाउन प्रस्ताव गरेका छन्।
नेकपा माओवादीले २०५२ फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको थियो। यसैले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले २०७९ माघ २९ गते फागुन १ लाई जनयुद्ध दिवस भनी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

तर सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय गैरसंवैधानिक, द्वन्द्वपीडितलाई थप पीडा दिने र राष्ट्रिय सहमति पनि नभएको ठहर गर्दै बदर गरिदियो।

तर पनि माओवादीको नेतृत्व रहेका स्थानीय तहका सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा घोषणा गरिरहेका छन्। यसविरुद्ध पनि सर्वोच्चले अर्को आदेश जारी गर्दै जनयुद्ध दिवसका नाममा बिदा नदिन भनेको छ।

यसैबीच हाल नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का नेता डा। भट्टराईले फागुन १ लाई ुजनक्रान्ति दिवसुका रूपमा मनाउन प्रस्ताव गरेका हुन्।

‘फागुन १ गते। नेपालको युगान्तकारी जनविद्रोह जनयुद्ध० सुरु भएको दिन१ संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न सुरु गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान् सहिदहरू, बेपत्ताजन, घाइतेरअपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान’, डा। भट्टराईले लेखेका छन्, ‘शब्दको जुँगाको लडाइँ छोडौँ। फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ुजनक्रान्ति दिवसुको रूपमा मनाऔँ।’

उनले अगाडि लेखेका छन्, ‘१९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२(६२ सालको सशस्त्र जनयुद्ध, २०६२र६३ सालको संयुक्त जनआन्दोलन, मधेस विद्रोह, थारु विद्रोह, आदिवासी जनजाति आन्दोलनलगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौँ।’

संविधान सभाबाट २०७२ असोज ३ गते संविधान घोषणालगत्तै बाबुरामले असोज ९ गते माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका थिए। यस क्रममा पछिल्लोपटक उनले नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० गठन गरेका छन्। जसको प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu