ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‍मा अछामको बयलपाटा अस्पतालबारे ध्यानाकर्षण प्रस्ताव


एबीसी न्यूज
१ फाल्गुन २०८१, बिहिबार   १२ : ०५   बजे

काठमाडौं १ फगुन । अछामको बयलपाटा अस्पतालको सेवा निरन्तरता माग्दै संसद्‍मा ध्यानाकर्षण प्रस्ताव दर्ता भएको छ ।

अछामबाट संघीय संसद्‍मा प्रतिनिधित्वि गर्ने प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले ध्यानाकर्षण प्रस्ताव लगेका हुन् ।

कुँवरका अनुसार अछाम जिल्लाको साँफेबर नगरपालिका(७ स्थित बयलगडमा यो अस्पताल रहेको छ । २०६५ सालदेखि नेपाल सरकार स्वास्थ्य तथा जनसंंख्या मन्त्रालय र पोसिबल हेल्थ अमेरिकाको न्याय हेल्थ नामक गैरसरकारी संस्थाबीच सम्झौतामा अस्पताल सञ्चालन हुँदै आएको छ । तर, पछिल्लो समय नेपाल सरकारले अनुदान नदिँदा समस्या भएको ध्यानाकषण पत्रमा उल्लेख छ ।

‘१५ वर्षदेखि अनवनत रुपमा सुदुरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले सेवा पाउँदै आएकोमा विगत दुई वर्षदेखि नेपाल सरकार र प्रदेश सरकारबाट अनुदान अभावका कारण सेवा लिंदै आएका जनताहरू उक्त अस्पतालको सेवाबाट बन्चित हुने अवस्था आएकाले उक्त अस्पतालको सेवा निरन्तरताका लागि यो ध्यानाकर्षण प्रस्ताव गरिएको छ’ पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण प्रस्तावमा सांसदद्धय दयालबहादुर शाही र पुष्पबहादुर शाहले हस्ताक्षर गरेका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको स्पष्टीकरण माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाह पनि अछामबाटै संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य हुन् । नेकपा एमालेका सांसद दयालबहादुर शाही बाजुराबाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group