ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात महिनामा झण्डै २७ अर्बको विदेशी लगानी प्रतिबद्धता, सबैभन्दा धेरै पर्यटन क्षेत्रमा


एबीसी न्यूज
३ फाल्गुन २०८१, शनिबार   ११ : ३३   बजे

काठमाडौं ३ फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपाललाई करिब २७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

साउनदेखि माघसम्म तीन सय ८६ उद्योगका लागि २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार प्रमाणीकरण ९स्वीकृति० प्रणालीबाट दुई सय ११ उद्योगका लागि २४ अर्ब २१ करोड ३४ लाख ७६ हजार रुपैयाँ तथा स्वचालित प्रणालीबाट एक सय ७५ उद्योगका लागि २ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

सात महिनाको अवधिमा तीन सय ७५ वटा साना उद्योग, सात वटा मध्यम र चार वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । सात महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १० हजार सात सय २६ जनाले रोजगारी पाउनेछन् ।

माघ महिनामा मात्रै ३२ उद्योगका लागि १ अर्ब ६ करोड ५२ लाख ४५ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । माघमा ३३ वटा साना उद्योग, दुई वटा मध्यम र एउटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार सात महिनाको अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा प्राप्त भएको छ । सात महिनामा आएको कुल लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ४४ प्रतिशत अर्थात एक सय ६८ वटा उद्योगहरुका लागि आएको छ ।

यस्तै, सूचना प्रविधि क्षेत्रमा ३५ प्रतिशत अर्थात् एक सय ३४ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार सेवा क्षेत्रका लागि ४८ वटा अर्थात १२ प्रतिशत, उत्पादन क्षेत्रका २७ वटा अर्थात ७ प्रतिशत, कृषिका ६ वटा अर्थात २ प्रतिशत तथा पूर्वाधार क्षेत्रको दुई उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu