ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाइभ गरेको ३० दिनपछि फेसबुकबाट आफैं भिडिओ डिलिट हुने


एबीसी न्यूज
८ फाल्गुन २०८१, बिहिबार   ६ : ४७   बजे

काठमाडौं। फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ ।
फेसबुक मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने छैनन् ।
यसअघि यस्ता भिडियोहरू अनिश्चितकालसम्म भण्डारण हुन्थ्यो । यो नयाँ व्यवस्था बुधबारदेखि लागु हुनेछ ।
फेसबुक सञ्चालक संस्था मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ । सूचना पाएपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्पमा काम गर्न पाउनेछन् ।
फेसबुकमा लाइभ गरिएका भिडियोहरूमा सुरुवाती केही हप्तापछि भ्यूज नआउने देखिएपछि यस्तो निर्णय गरिएको मेटाले स्पष्ट पारेको छ ।
‘तपाईंको सङ्ग्रहित लाइभ भिडियोहरू मेटिनु अघि, तपाईंलाई इमेल र एपमार्फत सूचित गरिनेछ, र त्यसपछि सामग्री डाउनलोड गर्न वा स्थानान्तरण गर्न तपाईंलाई ९० दिनको समय दिइनेछ,’ फेसबुक भनेको छ ।
यसरी धेरै नहेरिने भिडियो मेट्दा फेसबुकसँग ठूलो मात्रामा सर्भर र स्पेस बचत हुनेछ ।
फेसबुकका अनुसार, यदि प्रयोगकर्ताहरूले तोकिएको अवधिमा पुराना लाइभ भिडियोहरू डाउनलोड वा अन्य विकल्पमा काम नगरेर स्वतः मेटिनेछन् । यसरी मेटिइसकेपछि प्रयोगकर्ताले पुनः त्यो भिडियो स्टोर गर्न सक्ने छैनन् ।
फेसबुकले ‘अतिरिक्त छ महिनाका लागि मेटाउने प्रक्रिया स्थगित गर्ने विकल्प’ प्रदान गर्ने बताएको छ । त्यस अवधिमा पनि प्रयोगकर्ताले कुनै निर्णय नगरेमा पुराना भिडियोहरू स्वतः मेटिने मेटाले जनाएको हो ।
प्रयोगकर्ताहरूलाई आफ्ना पुराना लाइभ भिडियोहरू सुरक्षित राख्न मद्दत गर्न फेसबुकले नयाँ डाउनलोड उपकरणहरू पनि सार्वजनिक गरिरहेको छ। प्रयोगकर्ताहरूले आफ्नो पुराना लाइभ भिडियोहरू एकै पटकमा डाउनलोड गर्न ‘डाउनलोड लाइभ भिडियोज’ विकल्प चयन गर्न सक्नेछन्, जुन उनीहरूले पाउने सूचनामा उपलब्ध हुनेछ।

त्यस्तै, ‘ट्रान्सफर लाइभ भिडियोज’ विकल्प चयन गरी आफ्नो क्लाउड स्टोरेज प्रदायक, जस्तै ड्रपबक्स, गुगल ड्राइभ जस्ता क्लाउड स्टोरेजमा स्टोर गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Urges Ukraine to Halt Black Sea Tanker Attacks

Russia Signals Retaliation for Vessel Seizures, Citing ‘Language of Force’

UK Prime Minister Calls For Wider Distribution Of Asylum Seekers

Pentagon Report on Civilian Casualties Draws Criticism for Underreporting

Poll Shows Majority of Poles Support Deporting Unemployed Ukrainian Men

German Intelligence Agencies Set to Gain Expanded Powers

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu