ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ९ : ०५   बजे

पोखरा । पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ। सुरुमा निर्माण कार्यमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको आयोजना कार्यालयले जनाएको छ।

विसं २०७९ साउनमा ठेक्का सम्झौता भएको पुल निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद आगामी फागुनसम्म रहेको छ। निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई सहजीकरण भइरहेको आयोजना कार्यालयले जनाएको छ।

आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार अहिले पुलको डाउनस्ट्रिमतर्फ टावर निर्माण तथा पाइप जडानको काम भइरहेको छ। बिहीबारदेखि स्ल्याब ढलान सुरु गर्ने तयारी गरिएको छ। पुलमा रहेका चारवटै टावरको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए।

डाउनस्ट्रिमतर्फको ढलानपछि अपस्ट्रिमतर्फ टावर निर्माण र पाइप जडानको काम अघि बढाइनेछ। गत जेठमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणाधीन पुलको निरीक्षण गरी निर्धारित समयमै काम सम्पन्न गर्न आयोजना कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएका थिए।

९४ करोडको लागतमा निर्माण

भ्याटबाहेक ९४ करोड रुपैयाँको ठेक्कामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माण गरिरहेको छ। ‘केबल–स्टेड’ प्रविधिमा निर्माण भइरहेको पुलका लागि आवश्यक केबललगायत सामग्री विदेशबाट ल्याउनुपर्ने तथा मापदण्डभित्रका संरचना समयमा हटाउन नसक्दा यसअघि निर्माण कार्य प्रभावित भएको थियो।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत निर्माण भइरहेको यो पुल १९० मिटर लामो हुनेछ। निर्माणमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ। पुलको डिजाइन विदेशी प्राविधिकसहितको टोलीले तयार गरेको आयोजना कार्यालयले जनाएको छ।

पोखरा–मुग्लिन सडकमा दुई सिग्नेचर पुल

छ लेनको सडकअन्तर्गत हाल सञ्चालनमा रहेको चाइना पुलको तल र माथि गरी दुईवटा आकर्षक ‘सिग्नेचर’ पुल निर्माण गरिने योजना छ। नयाँ प्रविधि र आकर्षक डिजाइनमा निर्माण हुने पुलले पर्यटकीय राजधानी पोखराको सौन्दर्य थप बढाउने अपेक्षा गरिएको छ।

पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती नदीसँगै तनहुँको मादी नदीमा पनि सिग्नेचर पुल निर्माणाधीन अवस्थामा छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

भोटेकोसीको त्रास तमोर किनारसम्म : ‘नदी सुसाउँदा अब आनन्द होइन, डर लाग्छ’

भोटेकोसी उद्धारमा सरकारमाथि प्रदेशसभाको प्रश्न : ‘नागरिक मरिरहँदा किन रोकियो विदेशी सहयोग?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu