ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को प्रदेश सरकारमा ३ मन्त्री थपिँदै


sharan sharan
५ चैत्र २०७४, सोमबार   १० : ४४   बजे

बुटवल, ५ चैत्र ।
प्रदेश ५ को प्रदेश सरकारमा ३ मन्त्री थपिने भएकाछन् । प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेका बेला सोमबार मन्त्रिमण्डल विस्तारको तयारी गरिएको छ ।
प्रदेश ५ को मुख्य मन्त्रीको कार्यालय स्रोतले दिएको जानकारी अनुसार कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरिनेछ ।
गपिने मन्त्रीपरिषदमा एमालेले दुई मन्त्री र माओबादी केन्द्रबाट १ मन्त्री थपको निर्णय भएको बताईएको छ । प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको छ । गिरी सामाजिक विकास तथा सहकारी र पौडेल कृषि मन्त्री बन्ने बताइए पनि मुख्यमन्त्री सचिवालयले भने औपचारीक जानकारी दिएको छैन ।
गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बाँके क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
माओवादीले गुल्मी १ ‘क’ बाट निर्वाचित सुदर्शन बराल मन्त्री बन्ने पक्का भएको श्रोतको दाबी छ । बरालले सम्हाल्ने मन्त्रालयबारे औपचारिक टुंगो नलागे पनि उनले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको बताइएको छ ।
यसअघि फागुन ३ गते मुख्य मन्त्री सहित ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो । शंकर पोखरेलको नेतृत्वको सरकारमा कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मासुको गुणस्तरमा कडाइ गर्ने तयारी, माछासमेत कानुनी जाँचको दायरामा

कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला

सम्बन्धित

बागलुङ बजारमा सद्भाव र्याली

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu