ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुठीको जग्गा अतिक्रमण: सरकारले सबैमाथि समान व्यवहार गर्नुपर्ने सांसद झालेको माग


ABC NEWS
८ भदौ २०८३, सोमबार   ३ : ४५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले अतिक्रमण हटाउने क्रममा गरिब तथा निमुखाको आवासमा मात्रै डोजर चलाउन नहुने भन्दै सबै वर्ग र समुदायमाथि समान व्यवहार गर्न सरकारसँग आग्रह गरेका हुन् ।

जनकपुरमा गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनलाई आधार बनाएर अतिक्रमण हटाउने काम भइरहेको उनले बताए ।

जनकपुरमा करिब ९५० बिघा गुठी जग्गा अतिक्रमण भएको उल्लेख गर्दै झाले उक्त जग्गा संरक्षण तथा फिर्ता गर्ने अभियानमा सरकार गम्भीर र सजग हुनुपर्ने बताए ।

‘यो डोजर प्रहार गरिबहरूमाथि मात्र नहोस् । सबैमाथि समान व्यवहार गरियोस् र जनकपुरको ९५० बिघा अतिक्रमण गरिएको जमिन संरक्षण गर्ने र फर्काउने अभियानमा सरकार सफल र सजग होस् भन्ने सन्तुलित अनुरोध छ,’ उनले भने ।

यसैबीच, गुठी संस्थान जनकपुरधामले शनिबारदेखि गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराउन थालेको छ ।

पोखरीको डिलमा भएको अतिक्रमण हटाउने क्रममा सम्बन्धित सबै पक्षमाथि समान व्यवहार हुनुपर्ने सांसद झाले बताएका छन् । उनले सार्वजनिक तथा गुठी सम्पत्तिको संरक्षणका लागि सरकारको कदम प्रभावकारी र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

Nepali Lawmakers Demand Stricter Laws to Combat Violence Against Women

Monsoon Activity Brings Rain and Thunderstorm Risk Across Nepal

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu