ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपरासीमा भएको झडपमा घाइते एक जनाको मृत्यु


एबीसी न्यूज
१३ फाल्गुन २०८१, मंगलबार   ८ : १४   बजे

काठमाडौं १३ फागुन । पश्चिम नवलपरासी पालिनन्दन गाउँपालिका–३ मा आज भएको झडममा घाइते भएका एक जनाको मृत्यु भएको छ।

झडपका क्रममा गाडीले किचेर घाइते भएका विजय धवलको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो।

उनलाई अस्पतालले सवा ५ बजे मृत घोषणा गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

मंगलबार दिनभर उक्त स्थानमा दुई समूहबीच झडप भएको थियोा स्थानीय युवक र युवतीको प्रेमसम्बन्धको विषयमा दुई समूहबीच केही समय पहिलेदेखि बढेको विवादले मंगलबार उग्र रुप लिएको हो।

स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीको गाडी नै उनीहरुले जलाइदिएका छन्। एउटा गोदाममा समेत आगजनी गरेका छन्। त्यसक्रममा ११ जना नेपाल प्रहरी, ६ जना सशस्त्र प्रहरी र ६ जना स्थानीय घाइते भएका थिए।

नवलपरासीमा दुई समूहबीच झडप स् १५ प्रहरीसहित २० जना घाइते, गोदाम र प्रहरीको गाडी जलाए
स्थितिलाई नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले अश्रुग्यास र हवाई फायर गरेको थियो।

प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट डीएसपीको कमान्डमा ६३ जना, नं २६ गण पश्चिम नवलपरासीबाट डीएसपीको कमाण्डमा ४५ जना, नं २७ गण रुपन्देहीबाट इन्सपेक्टरको कमाण्डमा ३५ जना र सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटबाट इन्सपेक्टरको कमाण्डमा ३५ गरी १७८ जना सशस्त्र प्रहरी खटिएको पनि सहप्रवक्ता थापाले बताए।

सशस्त्र प्रहरीले एसएलआरबााट १ राउण्ड हवाई फायर र ६ सेल अश्रुग्यास फायर भएको जनाएको छ। बाँकी नेपाल प्रहरीले हवाई फायर र अश्रुग्यास हानेको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group