ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपति आसपासमा गाडी प्रवेश निषेध, पार्किङको लागि निश्चित ठाउँको व्यवस्था


एबीसी न्यूज
१४ फाल्गुन २०८१, बुधबार   ९ : २५   बजे

काठमाडौं १४ फाागुन । महाशिवरात्रिको लागि पशुपतिनाथमा दर्शनार्थीको भीड भएकाले त्यसैअनुसार ट्राफिक व्यवस्था मिलाइएको छ ।

पशुपति आसपासका ठाउँमा गाडी प्रवेशमा रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार सिनामङ्गलदेखि गौशाला हुँदै चाबहिलसम्मको चक्रपथ क्षेत्रमा गाडी प्रवेश निषेध गरिएको छ ।

यस्तै पुरानो बानेश्वर, भीमसेनगोला, सिनामङ्गल हुँदै तिलगंगासम्म तथा धोबीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पशुपतितर्फ जाने गाडीलाई पनि रोक लगाइएको छ ।

चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पशुपति क्षेत्रभित्र प्रवेश गर्ने गाडीलाई पनि रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

पार्किङका लागि सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र वनकाली क्षेत्र छुट्याइएको छ ।

दर्शनार्थी एवम् भक्तजनका गाडीको लागि तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरीपारि करिडोर सडकमा पार्किङको मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरु पार्किङ्ग हुने छन् । दर्शनार्थी र गाडीको चापलाई हेरेर आवश्यकताअनुसार गाडी प्रवेशमा रोक तथा डाइभर्सन गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा ग्यास अभावदेखि शान्ति सुरक्षासम्मका विषय उठे

भेरी नदीमा जीप खस्दा पाँच जना घाइते

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu