ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको स्वीकृतिमै घिसिङ भारत गएको प्राधिकरणको दाबी


एबीसी न्यूज
१४ फाल्गुन २०८१, बुधबार   १० : ३४   बजे

काठमाडौं १४ फाागुन । नेपाल विद्युत प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङमाथि उठेका प्रश्नको खण्डन गरेको छ ।

नेपाल–भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा सरकारसँग सहमति नलिइ गएको र आर्थिक दायित्व बढ्ने गरी सम्झौता गरेको भन्दै घिसिङलाई उर्जामन्त्री दीपक बहादुर खड्काले स्पष्टीकरण सोधेपछि प्राधिकरणले यसको खण्डन गरेको हो ।

घिसिङ सरकारको स्वीकृतिमै भारत गएको र पहिलेदेखिकै चलनअनुसार भारतसँग बिजुलीको नयाँ दर तया गरेको प्राधिकरणको दाबी छ ।

माघ २९ मा बसेको नेपाल भारत सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटी बैठकमा बस्ने कार्यदलको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेको र ऊर्जा मन्त्रालयको पत्रपछि घिसिङ भारत गएको प्राधिकरणको दाबी छ ।

आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर सहमति भए पनि लागू भई नसकेको प्राधिकरणले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चालक समितिको बैठक राख्न खोज्दा लामो समयदेखि बैठक बस्न नसकेको तथा सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नहुने अवस्था आए विद्युत् आदान–प्रदान सम्झौताबमोजिम विद्युत् आयात नहुने प्राधिकरणले जनाएको छ ।

सन् १९८५ देखि कार्यान्वयनमा आएको समितिको बैठक भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सदस्य र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको सह–अध्यक्षतामा बस्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

विगतका वर्षमा औसत रूपमा ५ दशमलव ५ प्रतिशत मूल्यवृद्धि हुने भनिए पनि यस पटक औसत १ दशमलव ५ प्रतिशत मात्र वृद्धि हुने व्यवस्था गरिएको प्राधिकरणको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu