ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलामको जस्वीरे चिया उद्योगमा आगलागी, झन्डै ७ करोड रुपैयाँको क्षति


एबीसी न्यूज
१४ फाल्गुन २०८१, बुधबार   १ : ५०   बजे

काठमाडौं १४ फागुन । इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा गएराति आगलागी भएको छ । आगलागीबाट उद्योगमा रहेका चिया बनाउने मेशिन, स्टोर गरिएको चियासहित भौतिक संरचनामा क्षति पुगेको छ ।

उद्योगी शरद सुब्बाले १० वर्षयता उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । सुब्बा नेपालकै सबैभन्दा उत्कृष्ट चिया बनाउने ‘टी मेकर’ का रूपमा चिनिनुहुन्छ ।

केही महिनाअघि काठमाण्डौमा आयोजना भएको ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा नेपालका चिया उत्पादकबीच प्रतिस्पर्धा हुँदा उहाँ ‘सर्वोत्कृष्ट टी मेकर’ घोषित हुनुभएको थियो । उद्योगबाट ३५ भन्दा धेरै प्रकारका चिया तयार गरेर तेस्रो देशमा निर्यात हुँदै आएको थियो ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट झन्डै ७ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group